वामदेव गौतम दम्पतिको डिभोर्स हुने खबर कति सत्य ? बाहिरियो गोप्य सूचना

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएर हिँडेका नेता वामदेव गौतम र उनकी पत्नी तुलसा थापा गौतमबीच सम्बन्ध चिसिएको छ ।

गौतम पार्टी छोडेर धेरै टाढा पुगिसकेका छन् भने एमालेमै बसेकी तुलसा यथास्थितिमा छन् । थापा एमालेकै बैठकमा सहभागी भएकी देखिन्छन् । यता न उताको अवस्थामा रहेका वामदेवलाई आफ्नै पत्नीको सक्रियताले तनाव भएको छ ।

एमालेबाट समानुपातिक सांसद तथा अखिल नेपाल महिला संघको केन्द्रीय नेतृत्वमा रहेकी गौतम बिहीबार काठमाडौंमा आयोजित महिला संघको केन्द्रीय समिति बैठकमा समेत सहभागी छन् ।

वामदेव गौतमले एमाले छाडे पनि उनले आफू अहिलेसम्म एमालेमै रहेको बताएकी छन् । उनले भदौ ९ गते अन्तिम समयमा नेकपा एस रोज्न निर्वाचन आयोगमा निवेदन दिए पनि समय सकिएको भन्दै सनाखत गरिएको थिएन । सोमप्रसाद पाण्डेलगायत केही सांसदले ‘नेकपा एस रोज्न पाउँ’ भन्दै अदालतमा निवेदन दिए पनि तुलसा थापा गौतम भने अदालत गएकी छैनन् ।

केही समययता पार्टी गतिविधिमा नदेखिएकी उनी अखिल नेपाल महिला संघको बैठकमा सहभागी भएकी हुन् । स्रोतका अनुसार वामदेव गौतमको परिवारमा पत्नी तुलसा र छोरा हरिश एमालेमै रहनुपर्ने पक्षमा छन् ।

हरिशलाई एमालेका केही नेताले पार्टीमै रहन र अर्को पाँच वर्षपछिको चुनावमा बर्दियाबाट उम्मेदवार बन्ने गरी तयारी गर्न आग्रह गरेका छन् । नेकपा एमाले श्रोतका अनुसार बामदेबले पार्टी छोड्न धेरै प्रेसर दिएको खण्डमा आफूले श्रीमान् छोड्ने आफू निकटलाई बताउने गरिकी छन् ।

यस्तै यता सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य वामदेव गौतमविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ । गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

रिटमाथि बुधबार प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा सम्मिलित संवैधानिक इजलासमा पेसी तोकिएको थियो ।

सर्वोच्च अदालत प्रशासनका अनुसार न्यायाधीशहरू व्यस्त भएपछि गौतमविरुद्धको मुद्दामा आज सुनुवाइ हुन नसकेर हेर्न नभ्याइनेमा राखिएको हो । निवेदक त्रिपाठीले सर्वोच्चमा फुल कोर्ट बस्ने भएकाले सुनुवाइ हुन नसक्ने जानकारी आएको बताए ।

राष्ट्रियसभामा युवराज खतिवडाको पदावधि सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा एक वर्षअघि १ असोजमा नेता गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गरेकी थिइन् ।

लगत्तै प्रतिनिधिसभा निर्वाचनमा पराजित व्यक्तिलाई राष्ट्रियसभा सदस्य नियुक्त गर्नु संविधानविपरीत जिकिर गर्दै अदालतमा मुद्दा परेको थियो । उसो त वामदेव गौतम राष्टियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधन गर्नुपर्ने माग उठाउदैं आएका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 325
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    325
    Shares

प्रतिक्रिया दिनुहोस !