कांग्रेस जिल्ला सभापतिको परिणाम आउन थाल्यो, को कहाँ विजयी ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन जारी छ । स्थानीय तहको अधिवेशन सम्पन्न गरेको कांग्रेसले अहिले विभिन्न जिल्लामा जिल्ला अधिवेशन गरिरहेको छ ।शनिवार भएको जिल्ला अधिवेशनमा पौडेल समूहले खाता खोजेको छ । दुई जिल्लाको परिणाम आउँदा पौडेल समूह दुबै जिल्लामा विजयी भएको छ ।

अन्तरगत जिल्ला सभापतिहरुको नतिजा आउने क्रम सुरु भएको छ । अहिलेसम्म दुई जिल्ला सभापति सर्वसम्मत चयन भएका छन् । कांग्रेस मुस्ताङको सभापतिमा पूर्वमन्त्री रोमी गौचन थकाली र रुकुम पूर्वको सभापतिमा केशरमान रोका सर्वसम्मत निर्वाचित भएका हुन् ।

गौचन र रोका दुवै वरिष्ठ नेता रामचन्द्र पौडल पक्षका हुन् । देउवा पक्षले अहिलेसम्म खाता खोल्न सकेको छैन । २०७० मा मुस्ताङबाट प्रत्यक्ष निर्वाचित भएका थकाली संविधान निर्माणपछि प्रचण्ड नेतृत्वको सरकारमा वाणिज्य मन्त्री थिए ।

त्यस्तै, काठमाडौं महानगर कार्यसमिति चयनका लागि अजा मतदान हुने भएको छ । महानगर अधिवेशन शनिबार उद्घाटन भएपनि नेतृत्वका लागि आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले काठमाडौं महानगरको नेतृत्व चयनका लागि आइतबार बिहान ९ बजेदेखि १ बजेसम्म मतदान हुने जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ ।

कांग्रेसको काठमाडौं महानगर सभापतिमा संस्थापन पक्षका प्रगतिमान रञ्जित र संस्थापन इतर पक्षका नीलकाजी शाक्य प्यानलसहित प्रतिस्पर्धामा छ । रञ्जितलाई सभापति शेरबहादुर देउवासहित नेताहरु ध्यानगोविन्द रञ्जित, भीमसेनदास प्रधान, तीर्थराम डंगोल लगायतको समर्थन रहेको छ । शाक्यलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल , पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य गगन थापा लगातयको समर्थन रहेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 580
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    580
    Shares

प्रतिक्रिया दिनुहोस !