बर्षमान पुन बिरामी भएको फाइदा उठाउँदै जनार्दन शर्मा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन (अनन्त) उपचारका लागि थाइल्याण्डमा छन् । जण्डिसका विरामी पुनको कलेजोमा समस्या देखिएपछि थप उपचारका लागि थाल्याण्ड लगिएको थियो ।

थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उनको उपचार भइरहेको छ । जण्डिसको उपचार गराईरहेका उनको कलेजो निकै कमजोर भएको छ । उनको कलेजोमा वंशानुगत समस्या छ । कलेजो प्रत्यारोपण गर्ने विषयमा डाक्टरहरुले सल्लाह दिएका छन् ।

उनी विरामी परेर देश बाहिर रहेको फाइदा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले उठाएका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल स्वतन्त्र विद्यर्थी युनियन (क्रान्तिकारी)को सम्मेलन जारी छ । सो सम्मेलनमा अध्यक्षका लागि दुई जना प्रतिशपर्धी थिए । जनार्दन निकट पञ्चा सिंह र अनन्त निकट सुरेन्द्र बस्नेत ।

आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय गरेका छन् । प्रचण्डको सो निर्णयले अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ ।

अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो । नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष तोकिदिएका एक नेताले बताए । अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ ।

उनी क्रान्तिको रर्वरभुमी, जनयुद्धको आधारक्षेत्र कालिकोटकी हुन् । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको किचेन क्याविनेटकी सदस्य सिंहलाई उनको र जनार्दनको प्रेसरमा परेर प्रचण्डले अध्यक्ष बनाएका हुन् । बर्षमान पुन स्वस्थ भएको भए सुरेन्द्र बस्नेत अध्यक्ष बन्ने सम्भावन रहेको अखिल क्रान्तिकारीका नेताहरुले बताए छन् ।

माओवादीमा प्रचण्डको उत्तराधिकारी को बन्ने भन्ने विषयमा दुई नेताविच चर्को अन्तरविरोध छ । प्रचण्डले कहिले जनार्दनको पक्षमा त कहिले बर्षमानको पक्षमा निर्णय गर्दै सन्तुलनमा राख्ने प्रयास गरिरहेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 621
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    621
    Shares

प्रतिक्रिया दिनुहोस !