माओवादीले नदिएपछि १७ वर्षपछि बुवा-आमाको किरिया

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

दैलेखका दुई जनाले आफ्ना बुवा-आमाको मृत्यु भएको १७ वर्षपछि किरिया गरेका छन्। महाबु गाउँपालिका–४ गीताचौरका दुई परिवारले १७ वर्षपछि किरिया गरेका हुन्। उक्त गाउँका राजबहादुर सिंहकी आमा र दीपक रावलका बुवाको सश”स्त्र द्व ‘न्द्वको बेला २०६१ सालमा मृ’त्यु भएको थियो।

द्व ‘न्द्वको समयमा तत्कालीन वि ‘द्रो ‘ही पक्ष माओवादीले काजकिरिया गर्न नदिएपछि उनीहरूले धार्मिक परम्परा अनुसार विधि पुर्‍याएर किरिया गर्न पाएका थिएनन्। ‘हामीले हाम्रो धार्मिक विधि पुर्‍याएर काजकिरिया गर्नुपर्छ, तर त्यसबेला माओवादीले यो वाइयात हो भन्दै हामीलाई त्यसमा रोके,’ रावलले भने, ‘त्यसबेला विधि पुर्‍याउन नपाए पनि अहिले ज्योतिषलाई हेराएर त्यो काम गरेका छौं।’

परिवारका सदस्यको मृ’त्यु भएपछि काजकिरिया गर्दा सेतो कपडा लगाउने, कपाल मु ‘ण्ड’न गर्ने, नुन, माछामासु बार्ने, पिपलपानी हाल्ने जस्ता विधि १७ वर्षपछि गरिएको उनले बताए।

२०६१ भदौ २५ गते सिंहकी आमाको मृ’त्यु भएको थियो। त्यसको एक हप्तापछि रावलका बुवाको मृ’त्यु भएको थियो। ‘मेरो आमाको मृ’त्यु भएकै दिन छिमेकीको घर माओवादीले क ‘ब्जा गरेका थिए,

हामीलाई पनि किरिया गर्न दिइएन,’ सिंहले भने, ‘त्यसपछि तिथि जुटाउँदा समय लाग्यो, अहिले तिथि जुरेपछि विधि पुर्‍याएर किरिया गर्‍यौं।’ उनीहरूले बुवा-आमाको किरिया गत भदौ १७ गते गरेका हुन्।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 320
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    320
    Shares

प्रतिक्रिया दिनुहोस !