प्रधानन्यायाधीश चोलेन्द्रशम्सेरको ‘भिनाजु काण्ड’ बाहिरियो !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको ‘भिनाजु काण्ड’ बाहिरिएको छ । ‘भिनाजु काण्ड’ बाहिरिएपछि उनको चौतर्फी आलोचना भएको छ । न्याय निरुपण गर्ने व्यक्ती पटकपटक राजनीतिमा मुछिएपछि उनको आलोचना भएको हो । पछिल्लो समय जवराले स्पष्ट रुपमा आफ्नो भाग खोजेका छन् ।

दक्षिण कोरियाको राजदूत आफ्ना भिनाजु केशव उप्रेतीलाई बनाउने अत्यन्तै प्रेसर दिएको प्रधानमन्त्रीको नीजी सचिवालयले जनाएको छ । उनले मन्त्रिमण्डल विस्तार गर्दा आफूलाई पनि भाग दिनुपर्ने माग मात्र राखेका छैनन् नामै टिकेर दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाई गरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रधान्यायाधीशले आफ्नो सीमा नाघ्दै आफूलाई कोटा माग गरेका थिए ।

उच्च राजनीतिक स्रोतले दिएको जानकारीअनुसार उनको कोटामा विवादित व्यापारी दीपक तिमिल्सिनालाई मन्त्री बनाउने तयारी भएको छ । राणाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत आफू निकट ४ जनालाई मन्त्री बनाउन माग गरेका थिए ।

तर, ओलीले राणाको माग ठाडै अस्विकार गरेपछि उनको सम्बन्ध बिग्रिएको थियो । त्यसपछि जसपाको तर्फबाट मन्त्री बनेकाहरुको नियुक्त खारेज गरिएको थियो ।तिमिल्सिनाले यसअघि सर्वोच्च अदालतमा सूचना प्रविधि विज्ञका रुपमा काम गरेका थिए ।

उनले एनसेलको कर छली प्रकरणमा विचौलियाको भुमिका खेलेका थिए ।त्यसका साथै उनले प्रधानन्यायाधीशका भाई प्रभु राणासँग मिलेर अदालतबाहिर बसेर मुद्दामामिलामा विचौलियाको काम गरिरहेका छन् । प्रभु पनि त्यही काम सक्रिय छन् ।

प्रधानन्यायाधीसले नेतृत्व गरेको संवैधानिक इजलासले ७ जेठको मध्यरातमा भएको प्रतिनिधिसभा विघटनको दोस्रो निर्णयलाई उल्ट्याएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।

त्यही गुन तिर्न प्रधानमन्त्री देउवाले उनी निकट तिमिल्सेनालाई मन्त्री र भिनाजुलाई राजदूत बनाउन लागेका हुन । त्यसको सत्तारुढ दलभित्रै तिव्र विरोध भएको छ । पछिल्लो समय प्रधानमन्त्री देउवा र प्रधानन्यायाधीश राणाबीच हरेक मुद्दा सेटिंगमा फैसला भइरहेको स्रोतले दावी गरेको छ ।

प्रधानन्यायाधीश राणाले अदालतलाई बदनामित बनाएको भन्दै सर्वोच्चभित्रै असन्तुष्टी छ । उनले न्यायालयलाई बिवादित बनाएको भन्दै सर्वोच्चका बहुमत न्यायाधीश उनको विपक्षमा छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 117
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    117
    Shares

प्रतिक्रिया दिनुहोस !