सेनाले घेरा हालेपछि घर छोडेर भागे प्रचण्ड (हेर्नुहोस भिडियो)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले एकदमै डर छेरुवा नेता भएको बताएका छन् ।

कट्टेलले प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बेलामा तत्कालिन प्रधानसेनापति रुक्मांगत कुटुवालसँग डराएर एक रात घरनै छोडेर भागेको खुलासा गरेका छन् । तत्कालिन सरकारले रुक्मांगत कटुवाललाई बर्खास्त गर्ने निर्णय गरेको रात प्रचण्ड घर छोडेर भागेको उनले भनाई छ ।

ओली टिभी नेपालसँगको कुराकानीमा उनले प्रचण्डको सुरक्षा टिममा खटिएका एक सुरक्षाकर्मीले आफूलाई बताएको बताए । कट्टेलले त्यस दिन प्रधानमन्त्री निवास बालुवाटारबाट प्रचण्डलाई अन्त कतै बाहिर अरुकै घरमा राखिएको थियो । त्यसपछि बिहानै बालुवाटार पुर्याइएको थियो । सेनाले ‘कु’ गर्न सक्ने सम्भावनालाई देखेर प्रचण्डलाई लुकाइएको उनको जिकीर छ ।

‘प्रधानमन्त्री निवास भित्रै असुरक्षित बनेर भाग्ने सम्भवत प्रचण्ड इतिहासकै पहिलो प्रधानमन्त्री होलान् ।’ उनले भने, ‘प्रचण्ड कति डरपोक छन् भन्ने उदाहरण यही काफी छ ।’ अहिले पनि प्रचण्ड एमाले अध्यक्ष ओली सँग बेस्करी तर्सिएको उनको भनाइ छ ।

प्रचण्डका पछिल्ला अभिव्यक्तीहरु विक्षिप्तताको उपज भएको भन्दै कट्टेलले प्रचण्डको धम्कीको कोहि पनि नडराउँने बताए । ‘धुर्मसले ‘म त मर्छु की क्या हो’ भनेर हसाए जस्तै हो प्रचण्डले मर्छु भनेको’ उनले भने ।

‘कहिले मरुँ मरुँ लाग्या छ भन्ने, कहिले वाइसीयललाई ठोक भन्ने यस्तो पनि नेताको बोली हुन्छ ? यो त पुरै जोकरको बोली हो’, उनले भनेका छन् । वाइसियलले भन्दा पहिला युथ फोर्सले चाँही ठोक्ला भनेर पनि प्रचण्डलाई कट्टेलले सचेत बनाएका छन् ।

माओवादी भन्दा एमालेनै बलियो शक्ती रहेको भन्दै कट्टेलले आफू भन्दा बलियो शक्तीसँग निहुँ खोज्दा ग्राहो पलाइ भन्दै सम्झाएका छन् । अब ६४ सालको माओवादी कुनै हातलमा पनि नहुने बताए ।

प्रचण्ड विहान एउटा कुरा गर्ने, दिउँसो अर्को कुरा गर्ने र बेलुका अर्को कुरा गर्ने मान्छे भन्दै कट्टेलले अब उनका कुरा कसैले नपत्याउँने पनि ठोकुवा गरे ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 114
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    114
    Shares

प्रतिक्रिया दिनुहोस !