आफ्नै घमण्डले पत्तासाफ हुदै ओली, आफ्नै दलका नेताले दिए यति ठुलो धोका !!

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ । नेकपा एमाले एमाले प्रदेश २ कमिटीका २५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । आफ्नो माग सम्बोधन नभएको भन्दै असन्तुष्ट रहेका प्रभु साहनिकटका झन्डै २५ जनाले सामूहिक रुपमा राजीनामा दिएका हुन् ।

नेकपा माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेका प्रभु शाह निकट नेताहरुले आफूहरुको माग सम्बोधन पनि नभएको र नेकपा एमालेले हेलाको भाव देखाएको भन्दै राजीनामा गरेका हुन् ।

यसरी राजीनामा दिनेहरुमा सदस्यहरू उपेन्द्र साह, मनोजकुमार यादव, कुन्दन कुश्वाहा, त्रिभुवन साह, सियाराम कुश्वाहा, कविता साह, रामआधार कापड, राजकुमार यादव, शिवपुजन यादव, श्रीलाल महासेठ, शिला यादव, शिवकुमार कापड, रामसिंह यादव, इस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फूलझरी देवी, योगन्द्र साह, मोहम्मद सैनुला अन्सारी, मुक्ति नारायण मिश्र, रासनारायण राय र सन्तोष मेहता रहेका छन् ।

नेता प्रभु साहले एमालेको प्रथम विधान महाधिवेशन पनि बहिष्कार गरेका थिए । ललितपुरको गोदावरीमा लगातार ३ दिनसम्म चलेको महाधिवेशनमा उनी सहभागी थिएनन् । पछिल्लो समय माओवादीबाट एमाले प्रवेश गरेका नेताहरु मूल नेतृत्वसंग सन्तुष्ट रहेका छैनन् । एमाले पनि फटाहाहरुको पार्टी भएको उनीहरुको भनाइ छ ।

एमाले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला राष्ट्रिय सभा गृहमा 

नेकपा एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला बोलाएको छ । पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला आज बिहानदेखि सुरु भएको केन्द्रीय सदस्य तथा स्थानीय विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए ।

भेलामा अब हुने स्थानीय तहको निर्वाचन र पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भइरहेको उनले जानकारी दिए । एमाले विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र त्यसको पूर्तिका लागि तय गर्नुपर्ने रणनीतिका बारेमा सहभागीहरूबाट हुने रिर्पोटिङपछि आवश्यक निर्देशन दिइने दाहालले जानकारी दिए ।

भेलामा एमालेका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख सहभागी छन् ।

उक्त भेलालाई दिउँसो १ बजेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको दाहालले जानकारी दिए । पार्टीको विधान महाधिवेशनमा सहभागी हुन जनप्रतिनिधिहरू काठमाडौं आएको मौका छोपेर भेला बोलाइएको हो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 625
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    625
    Shares

प्रतिक्रिया दिनुहोस !