अन्तिममा प्रेम आलेलाई ठुलो धोका, मुखैको पद खुस्कियो

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – अन्तिममा आएर प्रेम आलेलाई धोका भएको छ । संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्रालयमा पठाउने यसअघि भएको सहमति तोडिएपछि धोका भएको हो ।

नेकपा एमाले छाडेर पर्यटनमन्त्री बन्ने पक्का भएका प्रेम आलेलाई अन्तिममा धक्का लागेको हो । उनको नाम पर्यटनमन्त्रीबाट हटाइएको छ ।पर्यटनमन्त्री बन्ने लगभग पक्का भएकाबेला माधव कुमार नेपालले निर्णय नै उल्ट्याउँदै उनको नाम काटेका हुन् । उनको ठाउँमा मेटमणि चौधरीलाई पठाउने सहमति भएको चौधरीले बताए ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले चार वटा मन्त्रालय र एक राज्यमन्त्री पाएको छ । अध्यक्ष नेपालले विरोध खतिवडाको नेतृत्वमा पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।

खतिवडा सहरी विकास मन्त्री बन्ने भएका हुन् । त्यस्तै, रामकुमारी झाँक्रीलाई रक्षा र मेटमणि चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनाउने तयारी भएको छ भने आलेलाई उद्योग, वाणिव्य तथा आपुर्ति मन्त्रालयलको जिम्मेवारी दिने तयारी छ ।

जीवनराम श्रेष्ठलाई युवा तथा खेकलुद र राज्यमन्त्रीमा किसान श्रेष्ठलाई पठाउने करिब–करिब निश्चित् भएको एक नेताले जनाए । उता, सांसद मेटमणि चौधरीले आफूलाई पर्यटन मन्त्रालयको नेतृत्व दिने पार्टीभित्र सहमति भएको प्रतिक्रिया दिए । चौधरीले भने,‘पर्यटन मन्त्रालयमा मलाई पठाउने सहमति भएको छ ।

अध्यक्षज्यूले पनि यही भन्नुभएको छ ।’ यसअघि पर्यटन मन्त्रालयमा प्रेम आलेको नाम चर्चामा थियो । आलेलाई पर्यटनमन्त्री बनाउनको लागि अध्यक्ष नेपाल पनि सकारात्मक भएको समाचार थिए ।

मन्त्रालयको भागबण्डा टुँगो लागेसँगै प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने दलका नेताहरुसँग मन्त्रीको नाम मागेका छन् । अहिले कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि सरकारलाई पूर्णता दिने भएका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 101
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    101
    Shares

प्रतिक्रिया दिनुहोस !