को हुन् जुम्लामा गाउँपालिका अध्यक्ष बनेकी २२ वर्षीया युवती ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । जुम्लाको सिँजा गाउँपालिकाले स्थानीय २२ वर्षीया राज्यलक्ष्मी हमाललाई एक दिनको लागि पालिका अध्यक्ष नियुक्त गरेको छ ।बालिका तथा किशोरीको अधिकार संरक्षण, सम्बर्द्धन र सशक्तीकरण गर्न हमाललाई मंगलबार एक दिनका लागि अध्यक्ष बनाइएको हो ।

लिड एण्ड डिसाइड परियोजना अन्तर्गत हिंसा न्यूनीकरण गर्न र बालिका सबै बराबरी भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम गरिएको थियो ।किशोरीमाथि हुने दुव्र्यवहारको जोखिमबाट सचेत गराउन र संरक्षण प्रदान गर्न पालिका प्रतिबद्ध रहने हमालको भनाइ छ ।

गाउँपालिका अध्यक्षको जिम्मेवारी पाएपछि हमालले भन्नुभयो, ‘हामी स्थानीय सरकारका लागि पालिका तहमा बालबालिका तथा किशोर–किशोरीको इन्टरनेटमा पहुँच र अनलाइन माध्यमबाट हुन सक्ने दुव्र्यवहारको रोकथाम गर्न प्रतिबद्ध गरेकी छु ।

पालिकाले प्लान इन्टरनेसनल नेपाल, हामी दाजुभाइ, आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लालगायत संघ–संस्थासँग सहकार्य गरी बालिका सबै बराबरी हुन भन्ने अभियानलाई स्थानीय स्तरमा अघि बढाएको जनाएको छ ।गाउँपालिका अध्यक्ष देवलसिंह रावलले स्थान दिएमा युवालाई उर्जा दिने र भविष्यमा काम गर्ने प्रेरणा मिल्नेमा जोड दिनुभयो ।

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री माधव कुमार नेपाल बेइमान भएको बताएकी छन् । अस्पताल भर्ना भएका अध्यक्षमाथि झाँक्रीले नेपाल बेइमान भएको बताइन । झाक्रीले अपराधीलाई साथ दिनुभन्दा बेइमानलाई साथ दिएको गर्व महशुस गरेको भन्दै माधव नेपाल बेइमान भएको बताइन् ।

आइतबार चितवनमा नेकपा एकिकृत समाजवादी पार्टीको रत्ननगर कमिटी घोषणा सभामा राजनीतिक अपराधी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिनुभन्दा बेइमानी नै भएपनि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई साथ दिनु गर्व रहेको बताइन् ।

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक अपराधी भएको आरोप लगाएकी छिन् । लोकतन्त्रको मर्मविपरीत पटक पटक संसद विघटन गरेको भन्दै ओली राजनीतिक अपराधी भएको उनले आरो लगाइन् । झाँक्रीले ओली अपराधी भएको र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बेइमान भएकोमा आफूले अपराधीलाई साथ दिनुभन्दा बेइमानलाई साथ दिएको जिकिर गरिन् ।

नेतृ झाँक्रीले एमालेसँग आगामी निर्वाचनमा जनतासामु जानका लागि एजेण्डा नै नभएको तर्क गरेकी छन् । एमालेका नेता कार्यकर्ताले ‘हामीलाई भोट दिनुहोस् हामी तीन महिनामै संसद विघटन गर्छौँ’ भनेर भोट माग्नुपर्ने अवस्था आउने भन्दै व्यंग्य गरिन् ।

अध्यक्ष ओलीले ‘म भ्रष्टचार गर्दिन, गर्न पनि दिन्न’ भन्ने नारा ल्याएको तर त्यहीँ नाराको पछ्याईमा व्यापक भ्रष्टचार भएको आरोप पनि उनले लगाइन् । उनले एकिकृत समाजवादी पार्टी तत्कालै कुनैपनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको पनि प्रष्ट परिन् ।

यो पनि, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेलाई चुनाव चिन्ह परिवर्तन गरेर अध्यक्ष केपी ओलीको बुख्याचालाई बोकेर हिड्न सुझाव दिएकी छन् । आइतबार चितवनको रत्ननगरमा आयोजना गरिएको नेकपा एकीकृत समाजवादी नगर कमिटीको भेलालाई सम्बोधन गर्दे झाँक्रीले यस्तो बताएकी हुन् ।

‘कम्युनिष्ट पार्टीको धरासायी कहाँ हो भनेर त्यहा देखिएको छ, न विचार, न सिद्धान्त, न संस्कार छ, राज्य लुटेको पैसा छ, पानीको बोत्तलमा, बाटोमा यत्रतत्र केपी ओलीको फोटो यही बनाउन खोजेको होइन रु’ उनले भनिन्

उनले अध्यक्ष ओलीलाई गलत भन्ने केहि नेताहरु पुन नेकपा एमाले मै फर्किएका देख्दा अचम्म लागेको समेत उल्लेख गरिन् । ‘आजपनि उनीहरु ओली गलत भन्छन्, ओलीको हरेक क्रियाकलाप गलत भन्छन् तर ओलीसंगै टाँसिन्छन्, ओलीसंग त्यस्तो विचार के छ रु सोच्न बाध्य भएकी छु ।’ उनले भनिन् ।

यो पनि-काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीले सच्चा कम्युनिस्टहरूको मूल पार्टी नै नेकपा (एस) हुने बताएकी छन् । रत्ननगर नगर कमिटीले आइतबार आयोजना गरेको नगर कमिटी घोषणा कार्यक्रममा उनले नेकपा (एस) पार्टी इमान्दार कम्युनिस्टहरूको साझा पार्टी हुने दाबी गरेकी हुन् ।

आउने निर्वाचनबाट आफ्नो पार्टीले नयाँ उचाइ लिने भन्दै आफ्नो पार्टीमा गोलबद्ध हुन एमालेमा रहेका इमान्दार नेता, कार्यकर्तालाई अनुरोध पनि गरिन् । एमाले र योभन्दा बाहेकका अन्य पार्टीका कम्युनिस्टहरूलाई नेकपा (एस) मा आबद्ध हुन उनको अनुरोध छ ।

उनले सरकारमा रहँदा एमालेले भ्रष्टाचार गरेर कमाएको पैसा विधान सम्मेलनमा खर्च गरेको आरोप लगाएकी छन् । निःशुल्क खोल्न मिल्ने ईमेल खोलेको रकम करोडौँ देखाएर भ्रष्टाचार गर्न खड्गप्रसाद ओली अग्रसर हुनुभयोु, उनले भनिन् । ओलीमा इमान्दारी, सुशासन भन्ने शब्द नभएको उनले बताइन् ।

ओली एजेण्डाविहीन भएको बताउँदै नेतृ झाँक्रीले आगामी चुनावमा बुर्का ओडेर ओलीलाई भोट माग्न आग्रह गरेकी छन् । माधव नेपालको साथ छाडेका नेताहरू छिटै फर्किने दाबी उनको छ । ‘अध्यक्षज्यूले धेरै केही नभन्नुहोस्, उहाँहरू फर्केर यहीँ आउनुपर्छ भन्नुभएको छ’, उनले भनिन्, ‘म धेरै बोल्दिनँ, फेरि एउटै मञ्चमा बोल्नुपर्ला, सँगसँगै हिँड्नुपर्ला ।’

यो पनि, काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन (अनन्त) उपचारका लागि थाइल्याण्डमा छन् । जण्डिसका विरामी पुनको कलेजोमा समस्या देखिएपछि थप उपचारका लागि थाल्याण्ड लगिएको थियो ।

थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उनको उपचार भइरहेको छ । जण्डिसको उपचार गराईरहेका उनको कलेजो निकै कमजोर भएको छ । उनको कलेजोमा वंशानुगत समस्या छ । कलेजो प्रत्यारोपण गर्ने विषयमा डाक्टरहरुले सल्लाह दिएका छन् ।

उनी विरामी परेर देश बाहिर रहेको फाइदा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले उठाएका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल स्वतन्त्र विद्यर्थी युनियन (क्रान्तिकारी)को सम्मेलन जारी छ । सो सम्मेलनमा अध्यक्षका लागि दुई जना प्रतिशपर्धी थिए । जनार्दन निकट पञ्चा सिंह र अनन्त निकट सुरेन्द्र बस्नेत ।

आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय गरेका छन् । प्रचण्डको सो निर्णयले अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ ।

अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो । नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष तोकिदिएका एक नेताले बताए । अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ ।

उनी क्रान्तिको रर्वरभुमी, जनयुद्धको आधारक्षेत्र कालिकोटकी हुन् । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको किचेन क्याविनेटकी सदस्य सिंहलाई उनको र जनार्दनको प्रेसरमा परेर प्रचण्डले अध्यक्ष बनाएका हुन् । बर्षमान पुन स्वस्थ भएको भए सुरेन्द्र बस्नेत अध्यक्ष बन्ने सम्भावन रहेको अखिल क्रान्तिकारीका नेताहरुले बताए छन् ।

माओवादीमा प्रचण्डको उत्तराधिकारी को बन्ने भन्ने विषयमा दुई नेताविच चर्को अन्तरविरोध छ । प्रचण्डले कहिले जनार्दनको पक्षमा त कहिले बर्षमानको पक्षमा निर्णय गर्दै सन्तुलनमा राख्ने प्रयास गरिरहेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

प्रतिक्रिया दिनुहोस !