नेकपा (एस) लाई ठुलो झट्का, वरिष्ठ उपाध्यक्ष क्रान्ती एमालेमा नै फर्किन !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एसनिकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती बुर्लाकोटी एमालेमै फर्किएकी छन् । एमालेको विवादको बेला माधव नेपाल समूहले गठन गरेको समानान्तर कमिटीको वरिष्ठ उपाध्यक्ष रहेकी क्रान्ती पार्टी विभाजनपछि पनि सोही समूहमा थिइन् ।

हालै गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनमा भाग लिएर बुर्लाकोटीले नेकपा एससँगको आबद्धता तोडेकी हुन् । उनका पिता पूर्व सांसद गुरु बुर्लाकोटी नेकपा एसको नेता हुन् ।

पति डा. सन्तोष पौडेलसँगै उनी गोदावरीको विधान महाधिवेशनमा सहभागी भएपछि क्रान्तीले नेकपा एस छाडेकी हुन् । सन्तोषका पिता पुन्य पौडेल पनि एमाले कास्कीका पूराना नेता तथा पूर्वजिविस सभापति हुन् ।

क्रान्तीलाई २०७५ जेठ २ अघिकै जिम्मेवारी दिनेगरि छलफल भइरहेको युवा संघका अध्यक्ष किरण पौडेलले बताए । उनी जेठ २ अघि उपाध्यक्ष थिइन् ।

यो पनि – कैलालीको घोडाघोडी नगरपालिका–१० का दुई जना वडा सदस्य पुन एमालेमा फर्किनुभएको छ । वडा सदस्य इन्दुदेवी चौधरी र हसिना विकले एक विज्ञप्ति जारी गर्दै आफूहरू एमालेमै रहेको जनाउनुभएको हो । उहाँहरु दुबै जनाले भदौ २२ गते एमाले विभाजन भएर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी रोज्नुभएको थियो ।

नेकपा एकीकृत समाजवादी रोजेको एक साता नपुग्दै उहाँहरु दुबै जनाले शनिबार आफूहरूलाई भ्रममा राखेर सनाखत गराइएको भन्दै एमालेमै रहेको बताउनुभएको हो । जाली फटाहरूले नेकपा एमालेलाई चोइट्याएर अलग भएको सानो झुन्डले हामी सिधा जनप्रतिनिधिलाई लोभ लालज र धम्कीपूर्ण शैलीमा निर्वाचन कार्यालय धनगढीमा लगी अब देखि तपाईंहरूको सेवा सुविधा यहाँबाट हुने भनी भ्रममा पारि पार्टी परित्याग गर्न लगाइ फरक दल रोज्न लगाइ गुमराहमा पारिएकोका हामी नेकपा एकीकृत समाजवादीमा नभई आफ्नै पार्टी नेकपा एमालेमै रहेको जानकारी को लागि यो विज्ञप्ति जारी गरेका छौं।’

दुबै जनप्रतिनिधि संयुक्त रुपमा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।शनिबार बसेको वडा कमिटीको पहिलो बैठकमा दुई जनप्रतिनिधिले विज्ञप्ति जारी गरेर एमालेमै रहेको जनाएको बिषयमा जानकारी गराइएको वडा कमिटी अध्यक्ष पूर्ण बडूवालले बताउनुभयो ।

‘उहाँहरूले एमाले छोड्नै सक्नुहुन्थेन । लोभ लालज र धम्की दिइएको रहेछ’ उहाँले भन्नुभयो , ‘‘यस्ता लोभ लालज र धम्कीबाट एमाले छोडेकाहरूलाई पनि हामी एमालेमै फर्काउने अभियानमा छौं ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 113
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    113
    Shares

प्रतिक्रिया दिनुहोस !