मन्त्रि बन्ने लिस्टबाट राम कुमारी झाक्रीको नाम काटिएकै हो ? उनको ठाउमा को बन्दै छन् मन्त्री ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा एमाले विभाजन गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेकी रामकुमारी झाँक्रीको नाम मन्त्रीको लिष्टबाट काटिएको छ । पार्टी काममा सक्रिय हुन पर्ने भन्दै उनको नाम मन्त्रीको लिष्टबाट हटाइएको हो ।

उनको नाम हटाउनमा नेपाली सेनाको भुमिका पनि उत्तीकै छ । उनलाई नेकपा एकीकृत समाजवादी पार्टीले रक्षा मन्त्री बनाउँन खोजे पछि नेपाली सेनाले चासो दिएको छ ।

नेपाली सेनाको उच्च स्रोतदिएको जानकारी अनुसार झाँक्रीलाई रक्षामन्त्री मान्न नसकिने सन्देश प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसम्म पुर्याइसकेको छ ।

तल्लो स्तरको अभिव्यक्ति दिने मान्छे भएकाले र रक्षा मन्त्रालयको गरिमा धान्न सक्ने ओजको व्यक्तित्व झाँक्रीमा नभएको भन्दै सेनाले रक्षामन्त्रालयको चाबी उनलाई नदिन भित्रभित्रै दवाव बढाएको छ ।

यस अघि पनि सेनाको इच्छा विपरितको मान्छे रक्षामन्त्री बन्दा टसल देखिएको थियो । तत्कालिन प्रधानमन्त्री केपी ओलीले समेत इश्वर पोखरेललाई हटाएर रक्षा मन्त्रालय आफैँ सँग राखेका थिए ।

सेनाले प्रधानमन्त्री भन्दा बाहेकका मन्त्री सँग डिल गर्न खासै रुचि नराख्ने विगत रहेको छ । रक्षा मन्त्री बनाउँदा पनि हाइप्रोफाइलको मान्छेलाई बनाउँनु पर्ने सेनाको माग छ ।

अहिले नेकपा एसबाट मन्त्री बन्न चर्चामा आएका अनुहारहरु कोहि पनि रक्षामन्त्री बन्न लायक नभएको भन्दै सेनाले बेलैमा विचार पुर्याउँन प्रधानमन्त्री देउवाको कान फुकिसकेको उच्च स्रोतले बतायो ।

सेनाको सन्देश पछि प्रधानमन्त्री देउवा सतर्क भएका छन् अब कसरी अगाडी बढ्ने भनेर नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग देउवाले सल्लाह गरेको र माधव नेपालले पनि विचार गरौँला भनेको खबर छ ।

स्रोतका अनुसार अध्यक्ष नेपालले बिरोध खतिवडा, मेटमणी चौधरी, प्रेम आले, जीवनराम श्रेष्ठलाई मन्त्री र किशान श्रेष्ठलाई राज्यमन्त्री बनाउने निर्णयमा आफू पुगेको जानकारी दिएका छन् । नेकपा एसलाई सहरी विकास, पर्यटन, श्रम र युवा तथा खेलकुद मन्त्रालय दिने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाले दिएका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 203
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    203
    Shares

प्रतिक्रिया दिनुहोस !