नेपाली कांग्रेसका यी बरिष्ठ नेता एमालेमा प्रवेश !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रबेश गर्नेहरुको लर्को लागेको छ । देशभरबाट विभिन्न पार्टीका जिम्मेवार नेताहरु नेकपा एमाले प्रबेश गरिरहेका छन् ।

यसबीच नेपाली काङ्ग्रेसका एक स्थानीय नेता नेकपा एमालेमा प्रबेश गरेका छन् । काठमाडौँ जिल्लाको बुढानिलकण्ठ नगरपालिका बडा नम्बर १० का इकाई समिति सदस्य एमालेमा प्रबेश गरेका हुन् ।

लामो समय देखि नेपाली काङ्ग्रेसमा सकृय रहेका पौडेल भर्खरै सम्पन्न इकाइ अधिवेशनबाट सदस्यमा निर्वाचित भएका थिए। पौडेललाई स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथी डा. भट्टराईले नेपालको विकास र समृद्धिको बाहक नेकपा एमाले रोजेकोमा धन्यवाद दिएका थिए।पौडेलले नेपाली कांग्रेस निकट नेपाल पर्यटन होटल श्रमिक संघ केन्द्रीय उपाध्यक्षका रुपमा पनि काम गरिसकेका छन।

यो पनि – नेकपा (माओवादी केन्द्र) मा लफडा देखिएको छ । माओवादी नेता नाराणकाजी श्रेष्ठले पार्टीको विदेश विभाग गठनलाई लिएर असन्तुष्ट पाखेपछि पार्टीमा विवाद उत्पन्न भएको हो । श्रेष्ठले पार्टीले राम कार्कीको अध्यक्षतामा ३१ सदस्यीय विभाग गठनको तयारीमा असन्तुष्टि जनाएका हुन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत विभाग गठन भइनसकेको जिकिर गरे । ‘नेकपा (माओवादी केन्द्र) को विदेश विभाग गठन भएको र त्यसमा बिभिन्न व्यक्तिहरू राखिएको भन्ने समाचार गलत हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘पार्टीले विदेश विभाग गठन गरिसकेको छैन । यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु ।’

जबकी माओवादी केन्द्रीय कार्यालयका अनुसार माओवादीले विभागमा रहने सदस्यहरूको सूची तयार गरेको र औपचारिकता दिन मात्रै बाकी  रहेको जनाइएको छ ।

पार्टीको गत साउन ३० र ३१ मा केन्द्रीय समिति बैठकले राम कार्कीलाई विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो । यसै निर्णयमा श्रेष्ठले असन्तुष्टि जनाउँदै आएका थिए । प्रवक्ताको जिम्मेवारीबाट समेत हटेका श्रेष्ठको चाहना विदेश विभागमा छ । तर, पार्टीले अर्कै निर्णय गरेपछि उनी असन्तुष्ट बनेका बताइएको छ ।

यो पनि  – नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री छानेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।

बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए भने नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल पहिलो पटक मन्त्री बन्न लागेका हुन् । माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा १० वर्ष भूमिगत भएका पौडेल २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार थिए ।

भट्टराईले माओवादी छाडेर नयाँ शक्ति बनाउँदा उनी पनि गए । तर भदौ २०७४ मा माओवादी केन्द्रमै फर्किए । २०७४ मंसिरको आम निर्वाचनमा बागलुङ २ बाट उम्मेदवार बनेका उनी वाम गठबन्धनको समर्थनमा निर्वाचित भए ।

पछिल्लो पटक गण्डकी प्रदेशमा गठबन्धन सरकार बनाउने क्रममा उनले संक्रियतापूर्वक भूमिका खेलेको नेताहरु बताउँछन् । अखिल क्रान्तिकारीबाट राजनीति शुरु गरेका पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

माओवादीबाट मन्त्री बन्न लागेकी शशी श्रेष्ठसँग २०६४ सालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएर काम गरेको अनुभव छ । हाल उनी संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पनि हुन् ।

२०३४ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिक जीवन शुरु गरेकी श्रेष्ठ छोरा र छोरीलाई पैत्रिक सम्पत्तिमा समान हक स्थापनाको आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा स्थापित भएकी थिइन् ।

माओवादीले मन्त्री बनाउन लागेका महेश्वर गहतराज पनि सशस्त्र विद्रोहबाट आएका नेता हुन् । १ फागुन २०५२ मा सशस्त्र विद्रोह थालेको दिन माओवादीले चार स्थानमा चौकी आक्रमण गरेको थियो, जसमध्ये रुकुमको राडीज्युला प्रहरी चौकीमा गरेको आक्रमणको नेतृत्व गहतराजले गरेका थिए ।

२०७० को संविधानसभा निर्वाचनमा बाँके १ बाट पराजित उनी २०७४ मा त्यही क्षेत्रबाट विजयी भएका थिए । सांसद भएको पहिलो पटक नै उनले मन्त्री बन्ने अवसर पाएका छन् ।

माओवादीले राज्यमन्त्री बनाउन लागेकी बोधमाया यादव शहीद रामवृक्ष यादवकी छोरी हुन् । माओवादीले सशस्त्र विद्रोहको तयारी गरिरहेका बेला रामवृक्ष यादव (मास्टर साहब) को २ भदौ २०५१ मा हत्या भएको थियो । धनुषाकी उनी पनि सांसद भएको पहिलो पटकमै राज्यमन्त्री बन्ने भएकी हुन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1.1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

प्रतिक्रिया दिनुहोस !