अन्तिममा आएर मेटमणी चौधरीको मन्त्रि पद खोसियो, तनाबमा मेटमणि !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता मेटमणी चौधरीको पद अन्तिममा आएर खोसिएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मनलाग्दी भनेपछि उनको मन्त्री पद खोसिएको हो ।

मन्त्रालय भागबण्डाका विषयमा चौधरीले देउवालाई गाली गरेका थिए । चौधरीले गाली गरेको थाहा पाएका प्रधानमन्त्री देउवाले यस्ता मान्छेलाई आफ्नो क्याविनेटमा नराख्ने अध्यक्ष माधव नेपाललाई भनेपछि रातारात उनको नाम काटिएको हो ।

त्यस्तै, नेपालको सनातन हिन्दू धर्मविरुद्ध अभिव्यक्ति दिएर चर्च बनाउन राज्यको ढुकुटीबाट लाखौं खर्च गर्दै आएको विषयले पनि उनी मन्त्री बन्ने नेताहरुको सूचीबाट आउट भएका हुन् ।

नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्ने चर्चामा रहेका चौधरीको नाम अन्तिममा काटिएको छ । दाङको १ नम्बर निर्वाचनबाट प्रतिनिधिसभा सांसद बनेका मेटमणि चौधरीले क्रिश्चियन धर्मावलम्बीको लागि चर्च निर्माण गर्न १० लाख रुपैयाँ खर्च गरेका थिए ।

निर्वाचन क्षेत्रका लागि सांसदको योजनामा खर्च गर्न मिल्ने राज्यको ढुकुटीको रकमलाई पूर्वाधार विकास कोषमार्फत् सांसद चौधरीले चर्च निर्माणमा लाखौं खर्च गरेका हुन् ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको ४ करोड रुपैयाँमध्ये सांसद चौधरीले लमही नगरपालिका–६ खैरीमा १० लाखको चर्च निर्माण गराएका थिए ।

नेकपा एमाले विभाजन गर्न समेत सांसद चौधरीले सक्रियता देखाउँदै चर्का अभिव्यक्ति दिँदै आएका थिए । कट्टर हिन्दुवादी प्रधानमन्त्री देउवालाई यो विषय पनि मन परेको थिएन् ।

सांसद चौधरीले काठमाडौंका नेवार समुदायको आस्थामा आँच आउने गरी गुठीका विषयमा र पशुपतिनाथ मन्दिरका विषयमा समेत विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । तर उनले क्रिस्चियन धर्मलाई फाइदा पुर्‍याउने काम पनि गर्दै आएका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 201
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    201
    Shares

प्रतिक्रिया दिनुहोस !