CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले पनि मन्त्रीको टुङ्गो लगाएको छ । जसपाले मन्त्री छनोटको मापदण्ड बनाएर मन्त्रीको नाम फाइनल गरेको हो ।

मापदण्ड अनुसार अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवा बुझाउने छन् । जसपा स्रोतका अनुसार प्रदेश २ बाट महेन्द्र राय यादव मन्त्री हुनेछन् ।

पार्टी र सरकारलाई जोड्ने भूमिका खेल्ने गरी रामसहाय यादवलाई पठाउने तयारी छ । उनी अध्यक्ष यादवका विश्वास पात्र समेत हुन् । जसपाले चार वटा मन्त्रालय पाएको छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय पाएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।