सपथ खान शितल निवास पुगेका प्रमोद शाह जिल्ल, अर्कैले उडाइदियो मन्त्री पद !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – जनता समाजवादी पार्टीका सांसद प्रमोद शाहको नाम अन्तिममा आएर काटिएको छ । पार्टी सिफारिस गरेर पठाएका शाहको अन्तिममा मन्त्रीहरुको लिष्टमा नाम नपरेपछि सबैजना चकित भएका छन् ।

जसपाले उनीसहित चारजना मन्त्रीको नाम चयन गरे प्रधानमन्त्री देउवालाई पठाएको थियो । उनलाई कृषि तथा पशुपंछी विकास मन्त्रीमा पठाउने निर्णय भएको थियो । शीर्ष नेताहरुको सो निर्णयलगत्तै उनलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई दिन सुरु गरेका थिए ।

उनी आफू मन्त्री हुनेमा ढुक्क थिए । फोन र म्यासेजबाट बधाई तथा शुभकामना आइरहेको थियो । शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद्ले पूर्णता पाएको नामावली सार्वजनिक भयो ।

त्यसमा प्रमोद साहको ठाउँमा महेन्द्र राय यादवको नाम थियो । सुरुदेखि नै जसपामा कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले नेतृत्व गर्ने कि अर्का सदस्य महेन्द्र राय यादवले सरकारको नेतृत्व गर्ने भन्ने कुरामा विवाद थियो ।

शीर्ष नेताहरुको छलफलमा राजेन्द्र श्रेष्ठले नेतृत्व गरेर जाने भएपछि महेन्द्रराय यादव मन्त्री हुनेबाट ब्याक भएका थिए । बैठकले चारजनाको नामलाई अन्तिम रुप दिएको थियो । तर राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मन्त्रीको सूचीमा प्रमोद साहको नाम परेन ।

मन्त्रीको सूचीमा नाम नपरेपछि साहले भने, ‘मलाई पनि आश्चर्य लागेको छ, पार्टीबाट मेरो नाममा सहमति भएको थियो तर राष्ट्रपति कार्यालयबाट नामावली आउँदा मेरो नाम काटिएको छ यो कसरी भयो मलाई पनि आश्चर्य लागेको छ ।’

महेन्द्रराय यादव र प्रमोद साह दुवैजना सर्लाहीका हुन् । दुवै जनाले महन्थ ठाकुरलाई छाडेर उपेन्द्र यादवलाई साथ दिएका थिए । महेन्द्र राय यादवले भने सुरुदेखि नै ठाकुरको साथ छाडेर यादवलाई साथ दिँदै आएका थिए ।

तत्कालीन समाजवादी पार्टी र राजपा एकीकरण हुने वित्तिकै महेन्द्र राय यादव उपेन्द्र यादवको साथमा गएका थिए । पछिल्लो समय महन्थ ठाकुरले आफ्ना पक्षबाट तत्कालीन ओली नेतृत्वको सरकारमा १० जना मन्त्री पठाउँदा प्रमोद साह लगायतका सांसदको नाम गएको थिएन । त्यसबाट साह असन्तुष्ट थिए ।

त्यसपछि उनीसहित सातजना सांसदहरुले उपेन्द्र यादवलाई साथ दिएका थिए । आधिकारिकताका लागि निर्वाचन आयोगमा विवाद चलिरहँदा साहलगायतले उपेन्द्र यादवलाई साथ दिएका थिए ।

प्रमोद साहकै कारण उपेन्द्र यादवको पक्षले बहुमत प्राप्त गरेका थिए । उनलाई मन्त्री बनाउने आश्वासन पनि दिइएको थियो । तर अन्तिममा उनको नाम काटिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

प्रतिक्रिया दिनुहोस !