पहिलो पटक मन्त्री बनेकी राम कुमारी झाक्रीका श्रीमान के गर्छन ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री पहिलो पटक मन्त्री बनेकी छन् । विद्यार्थी राजनीतिबाट नेपालको मुलधारको राजनीतिमा प्रबेश गरेकी झाँक्रीलाई मन्त्री बन्न पार्टी नै फुटाउन परेको छ ।

पार्टी फुटेपछिको पहिलो सरकारमा नै झाँक्रीले शहरी विकास मन्त्रालय जस्तो शक्तिशाली मन्त्रालयको बागडोर सम्हाल्न पुगेकी छन् । अरु जस्तो उनलाई मन्त्रालय चलाउन खासै समस्या हुने छैन् ।

किन भने उस्तै प्रकृतिको मन्त्रालयको सहसचिव छन् उनको श्रीमान् । झाँक्रीका श्रीमान् पशुपति पुरी भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव छन्।

भौतिक मन्त्रालयकै छेउ भएर झाक्रीले सम्हाल्ने सहरी विकास मन्त्रालय पुगिन्छ। पुरीलाई सरुवा गरेर सहरी विकास मन्त्रालय ल्याउने उनको तयारी छ ।

कुनै मन्त्री सफल हुनका लागि कर्मचारीको सबैभन्दा ठूलो हात हुन्छ । त्यसमा पनि सचिवालयमा काम गर्ने सरकारी तर्फको स्वकीय सचिवको भुमिका झन महत्वपूर्ण हुन्छ ।उनको स्वकीय सचिव बनाउन सम्भव नभएपनि महत्वपूर्ण विभागमा ल्याएर कामलाई सहज बनाउन सकिने बुझिएको छ ।

नेकपा एमालेमा अन्तरसंघर्ष हुँदादेखि पार्टी गठनसम्म झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् । त्यह िसाथका कारण झाँक्री गाँठिस भन्त्रालय पाएकी छन् ।झाँक्री अनेरास्ववियुको अध्यक्षसमेत भएकी थिइन् । उनी अनेरास्ववियुको अध्यक्ष बन्ने पहिलो महिलासमेत हुन् ।

यस अघि उनको स्वास्थ्य र पर्यटन मन्त्री बन्ने चर्चा भएको भएपनि अन्तत उनी शहरी विकास मन्त्री बनेकी हुन् । नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । मकवानपुरबाट निर्वाचित खतिवडा एकीकृत समाजवादीबाट मन्त्री हुनेमध्ये सबैभन्दा पुराना नेता हुन् ।

यो पनि – नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता मेटमणी चौधरीको पद अन्तिममा आएर खोसिएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मनलाग्दी भनेपछि उनको मन्त्री पद खोसिएको हो ।

मन्त्रालय भागबण्डाका विषयमा चौधरीले देउवालाई गाली गरेका थिए । चौधरीले गाली गरेको थाहा पाएका प्रधानमन्त्री देउवाले यस्ता मान्छेलाई आफ्नो क्याविनेटमा नराख्ने अध्यक्ष माधव नेपाललाई भनेपछि रातारात उनको नाम काटिएको हो ।

त्यस्तै, नेपालको सनातन हिन्दू धर्मविरुद्ध अभिव्यक्ति दिएर चर्च बनाउन राज्यको ढुकुटीबाट लाखौं खर्च गर्दै आएको विषयले पनि उनी मन्त्री बन्ने नेताहरुको सूचीबाट आउट भएका हुन् ।

नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्ने चर्चामा रहेका चौधरीको नाम अन्तिममा काटिएको छ । दाङको १ नम्बर निर्वाचनबाट प्रतिनिधिसभा सांसद बनेका मेटमणि चौधरीले क्रिश्चियन धर्मावलम्बीको लागि चर्च निर्माण गर्न १० लाख रुपैयाँ खर्च गरेका थिए ।

निर्वाचन क्षेत्रका लागि सांसदको योजनामा खर्च गर्न मिल्ने राज्यको ढुकुटीको रकमलाई पूर्वाधार विकास कोषमार्फत् सांसद चौधरीले चर्च निर्माणमा लाखौं खर्च गरेका हुन् ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको ४ करोड रुपैयाँमध्ये सांसद चौधरीले लमही नगरपालिका–६ खैरीमा १० लाखको चर्च निर्माण गराएका थिए ।

नेकपा एमाले विभाजन गर्न समेत सांसद चौधरीले सक्रियता देखाउँदै चर्का अभिव्यक्ति दिँदै आएका थिए । कट्टर हिन्दुवादी प्रधानमन्त्री देउवालाई यो विषय पनि मन परेको थिएन् ।

सांसद चौधरीले काठमाडौंका नेवार समुदायको आस्थामा आँच आउने गरी गुठीका विषयमा र पशुपतिनाथ मन्दिरका विषयमा समेत विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । तर उनले क्रिस्चियन धर्मलाई फाइदा पुर्‍याउने काम पनि गर्दै आएका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 490
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    490
    Shares

प्रतिक्रिया दिनुहोस !