प्रधानन्यायाधीशको कोटामा जेठान मन्त्री बनेपछि भीम रावलले दिए कडा प्रतिक्रिया !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाण्डौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले गजेन्द्र हमाललाई मन्त्री बनाएर गठबन्धनका दलहरूले आफने असली रूप उदांगो पारेको दाबी गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा सांसद नरहेका हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका हुन्। हमाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको आफन्त भएको चर्चा छ।

यसै प्रसंगम प्रमुख प्रतिपक्षी दल एमालेका नेता रावलले पनि टिप्पणी गरेका हुन्। ‘सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँगको साँठगाँठमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको खबरले प्रम देउवा र गठबन्धनका नेताहरूको गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक चरित्र र व्यवहार उदांग भएको छ’, नेता रावलले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत आलोना गरेका छन्, ‘यसले नेपालको राजनीतिमा खतरनाक प्रवृत्ति र परम्परा एवम् घृणित खेललाई प्रवेश गराएको छ।’

यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएपछि बार र बेन्चबीच यस विषयमा तनाव समेत भएको थियो । सर्वोच्च अदालतले मन्त्रीमा कोटा नमागेको भन्दै विज्ञप्ति समेत जारी गरेको थियो भने प्रधानन्यायाधीश जबराले हमाल काँग्रेसको नेता भएको हुनाले उनी मन्त्री हुनुमा आफ्नो हात नरहने धारणा सर्वोच्च बारसँगको बैठकमा बताएका थिए ।

प्रधानन्यायाधीशले सरकारमा कोटा मागेको आशंकालाई हमालको नियुक्तिले सही सावित गरिदिएको छ । गैरसांसद हमाल प्रधानन्यायाधीशका जेठान नाता पर्छन् । उनी नेपाली काँग्रेस बाँकेका नेता हुन् । देउवा पत्नी आरजुसँग पनि हमालको पारिवारिक नाता रहेको छ ।

यो पनि – जनता समाजवादी पार्टीका सांसद प्रमोद शाहको नाम अन्तिममा आएर काटिएको छ । पार्टी सिफारिस गरेर पठाएका शाहको अन्तिममा मन्त्रीहरुको लिष्टमा नाम नपरेपछि सबैजना चकित भएका छन् ।

जसपाले उनीसहित चारजना मन्त्रीको नाम चयन गरे प्रधानमन्त्री देउवालाई पठाएको थियो । उनलाई कृषि तथा पशुपंछी विकास मन्त्रीमा पठाउने निर्णय भएको थियो । शीर्ष नेताहरुको सो निर्णयलगत्तै उनलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई दिन सुरु गरेका थिए ।

उनी आफू मन्त्री हुनेमा ढुक्क थिए । फोन र म्यासेजबाट बधाई तथा शुभकामना आइरहेको थियो । शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद्ले पूर्णता पाएको नामावली सार्वजनिक भयो ।

त्यसमा प्रमोद साहको ठाउँमा महेन्द्र राय यादवको नाम थियो । सुरुदेखि नै जसपामा कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले नेतृत्व गर्ने कि अर्का सदस्य महेन्द्र राय यादवले सरकारको नेतृत्व गर्ने भन्ने कुरामा विवाद थियो ।

शीर्ष नेताहरुको छलफलमा राजेन्द्र श्रेष्ठले नेतृत्व गरेर जाने भएपछि महेन्द्रराय यादव मन्त्री हुनेबाट ब्याक भएका थिए । बैठकले चारजनाको नामलाई अन्तिम रुप दिएको थियो । तर राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मन्त्रीको सूचीमा प्रमोद साहको नाम परेन ।

मन्त्रीको सूचीमा नाम नपरेपछि साहले भने, ‘मलाई पनि आश्चर्य लागेको छ, पार्टीबाट मेरो नाममा सहमति भएको थियो तर राष्ट्रपति कार्यालयबाट नामावली आउँदा मेरो नाम काटिएको छ यो कसरी भयो मलाई पनि आश्चर्य लागेको छ ।’

महेन्द्रराय यादव र प्रमोद साह दुवैजना सर्लाहीका हुन् । दुवै जनाले महन्थ ठाकुरलाई छाडेर उपेन्द्र यादवलाई साथ दिएका थिए । महेन्द्र राय यादवले भने सुरुदेखि नै ठाकुरको साथ छाडेर यादवलाई साथ दिँदै आएका थिए ।

तत्कालीन समाजवादी पार्टी र राजपा एकीकरण हुने वित्तिकै महेन्द्र राय यादव उपेन्द्र यादवको साथमा गएका थिए । पछिल्लो समय महन्थ ठाकुरले आफ्ना पक्षबाट तत्कालीन ओली नेतृत्वको सरकारमा १० जना मन्त्री पठाउँदा प्रमोद साह लगायतका सांसदको नाम गएको थिएन । त्यसबाट साह असन्तुष्ट थिए ।

त्यसपछि उनीसहित सातजना सांसदहरुले उपेन्द्र यादवलाई साथ दिएका थिए । आधिकारिकताका लागि निर्वाचन आयोगमा विवाद चलिरहँदा साहलगायतले उपेन्द्र यादवलाई साथ दिएका थिए ।

प्रमोद साहकै कारण उपेन्द्र यादवको पक्षले बहुमत प्राप्त गरेका थिए । उनलाई मन्त्री बनाउने आश्वासन पनि दिइएको थियो । तर अन्तिममा उनको नाम काटिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 304
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    304
    Shares

प्रतिक्रिया दिनुहोस !