मन्त्रीपरिषद् विस्तार भएकै दिन सुजाताले गरिन कांग्रेसमा लफडा !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेपाली कांग्रेसका फेरी लफडा भएको छ । मन्त्री छनोटको विषयमा कांग्रेसभित्रको रामचन्द्र पौडेल गुटमा लफडा भएको हो ।मन्त्रीको अत्यन्तै धेरै आकाँक्षी रहेकी नेतृ सुजाता कोइरालाले मन्त्री नपाएको भन्दै लफडा गरेकी हुन् ।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको साथ छोडेको घोषणा गरेकी छिन् । मन्त्रिपरिषद्ले पूर्णता पाएकै दिन सुजाताले पौडेल र कोइरालाले कांग्रेस चलाउन नसक्ने बताइन् ।

‘रामचन्द्रजी र शशांकबाट यो पार्टी चल्न सक्दैन । उहाँहरूमा ईर्श्या, घमण्ड, अहंकार र स्वार्थभन्दा केही देखिएन । अब उहाँहरुलाई मेरो साथ रहदैन’, सुजाताले भनिन् ।

आफूलाई मन्त्रिपरिषद्‍मा सहभागी नगराउने कुरा ३ महिना पहिले नै थाहा भएको भन्दै सुजाताले कांग्रेसभित्र धोकाको राजनीति गर्नेले पार्टी चलाउन नसक्ने बताइन् ।

‘रामचन्द्रजी कहिल्यै फस्टम्यान हुने मान्छे होइन । उहाँले कांग्रेसलाई सधैँ विभाजित गर्नुभएको छ । शशांकले पनि महामन्त्रीमा पर्फमेन्स दिन सकेनन् । अब यी दुवैजनालाई मेरो सहयोग हुँदैन’, सुजाताले भनिन् ।

अब कसलाई साथ दिने त ? भन्ने जिज्ञासामा उनले पार्टीभित्र सबैसँग छलफल गरेर निर्णय लिने बताइन् ।‘कसलाई साथ दिने छलफल गर्नै बाँकी छ । यत्ति हो रामचन्द्र र शशांकसंग अब म छैन’, उनले भनिन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 217
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    217
    Shares

प्रतिक्रिया दिनुहोस !