कसरी बित्यो रामकुमारी झाक्रीको मन्त्रि बनेको पहिलो दिन, देशभर वावाही

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ — नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एक्सनमा उत्रिएकी छन् । मन्त्रालयमा भएको ब्रिफिङ कार्यक्रममा मन्त्री झाँक्रीले मन्त्रालयले काम गर्न नसकेर बजेट फ्रिज गरेको सुन्नु नपरोस् भन्दै कर्मचाहरूलाई निर्देशन दिएकी छन् ।

उनको यो निर्देशनले देशभरबाट वावाही पाएकी छन् । पदभार ग्रहणपछि मन्त्री झाँक्रीले सम्पूर्ण क्षमता लगाएर काम गर्नुपर्ने भन्दै बजेट फिर्ता पठाउने अवस्था नआओस् भनेकी हुन् ।

मन्त्रालयका अधिकारी र मातहतका विभाग तथा आयोजना प्रमुखहरूलाई आफ्नो काम र योजनाबारे लिखितमा ब्रिफिङ गर्न पनि मन्त्री झाँक्रीले निर्देशन दिएकी छन् ।

मन्त्रालयमा बसेर कामको प्रगतिबारे ब्रिफिङ गर्नुभन्दा पनि काम भइरहेका कार्यालयमा नै गएर ब्रिफिङ लिने पनि उनले बताइन् । ‘मन्त्रालयमा हुने ब्रिफिङमा मलाई बुँदागत रूपमा लिखितमा दिनुपर्छ ।

मन्त्रालयमा ब्रिफिङ गर्नुभन्दा पनि काम भइरहेका कार्यालयहरूमा ब्रिफिङ गर्नुपर्छ, छिटो गर्नुपर्छ,’ उनले भनिन् । मन्त्रालयबारे मन्त्रीलाई हुने ब्रिफिङ दसैं अगाडि नै सक्न पनि कर्मचारीहरुलाई झाँक्रीको निर्देशन छ ।

मातहतका प्रत्येक कर्मचारीले आफ्नो क्षमताले सकरात्मक परिणाम निकाल्नका लागि काम गर्नुपर्ने उनको निर्देशन थियो । यस्तै मन्त्रालयका योजनाका लागि स्रोतको सुनिश्चितता गर्नुपर्ने मन्त्री झाँक्रीको भनाइ थियो ।

उनले आयोजनामा रहेका नीतिगत समस्यालाई समाधान गर्न आफूले भूमिका खेल्ने पनि बताएकी छन् । ‘सहरी विकासमा बाटो, खानेपानी र ढललाई एकै ठाउँमा ल्याएर लैजान खोजेमा अहिले जस्तो विकासको अवधारणा रही नै रहन्छ होला’ उनले भनिन्, ‘सहर बस्ने मानिसले धाराबाट पानी खाने अवस्थामा आउने गरी काम गर्नुपर्छ । यसका लागि स्वच्छ पानीसहितको ढल विकास, खानेपानी, बाटो एकीकृत हिसाबले गर्ने गरी पुनः परिभाषित गर्नुपर्ने भएको छ ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 256
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    256
    Shares

प्रतिक्रिया दिनुहोस !