मन्त्रि मण्डल बिस्तार गरेपछि पछुताए प्रधानमन्त्री देउवा !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारको क्रममा महत्वपूर्ण नेतालाई समेट्न नसक्नु आफ्नो बाध्यता रहेको बताएका छन् ।

स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा बोल्दै देउवाले सरकार विस्तार गर्दा महत्त्वपूर्ण  नेताहरू छुटेको र साे विषयले आफुलाई दु:ख लागेको बताएका छन् ।

शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार भएकोले महत्वपूर्ण नेताहरुलाई सहभागि गराउन नपाएको स्पष्ट पारेका छन् । साथै उनले मन्त्रिपरिषद्मा छुटेका साथिहरुलाई महत्वपुर्ण भुमिमा दिनेछु ।

यो पनि – मन्त्री बन्ने व्यापक चर्चाका विच मन्त्री बन्न नपाएका नेकपा एसका नेता मेटमणी चोधरीले आफु मन्त्री किन बन्न सकिन भन्ने बिषयमा मुख खोलका छन् ।

नेता चौधरीले एक टेलिभिजन अन्तवार्ताका क्रममा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई मोटो रकम बुझाउँन नसक्दा मन्त्री बन्न नपाएको घुमाउँरो स्विकारोक्ती गरेका छन् ।गहँभरि आँशु पार्दै चौधरीले आफ्नो मनको बह पोखेका छन् ।

राजननिती गर्नका लागी पैसा चाहिन्छ भन्ने मनोविज्ञान रहेको भन्दै चोधरीले आफु सँग पैसा नभएकै कारण मन्त्री बन्न बाट रोकिएको बताए । उनले भनेका छन् मैलै जे गर्नु पर्दथ्यो त्यो गर्न सकिन अरु साथीहरुले गरे मन्त्री बने ।

नेकपा एसका नेता माधव कुमार नेपालसँग निकै चित्त दुखाएका चौधरीले मन्त्री बनेकाहरु ‘कि त म भन्दा सिनियर हुन पर्यो कित मेरो भन्दा ठूलो क्षमता हुनु पर्यो त्यो त दुवै छैन अनी उनीहरु कसरी मन्त्री बने म किन बनिन भन्ने त प्रष्ट भयो नी’ उनले भनेका छन् ।

मन्त्री बन्न कसरी प्रभाव पार्नु पर्छ भन्ने कुरा आफुले नजानेकोले मन्त्री बन्न नसकेको भन्दै उनले प्रभाव पार्न जान्नेहरु मन्त्री भएको उनले बताए । आफु एकोहोरो पार्टी बनाउँन मात्रै लागेको र कुनै लपनपछनमा नलागेका कारण मन्त्री बन्न नपाएको गुनासो उनले गरे ।

चौधरीको संकेत विशेष गरी मन्त्री भएका प्रेम आले र किसान श्रेष्ठ तिर थियो । उनीहरु म भन्दा सिनीयर कसरी भएर र मेरो भन्दा ठूलो क्षमता उनीहरुमा के थियो भन्ने कुराको जवाफ उनले खोजिरहेका थिए । अवसरवाद र पैसाकै कमालले उनीहरु मन्त्री बनेको चौधरीको बुझाई छ ।

मन्त्री बन्न नपाए पनि अविचलित रुपमा आफु पार्टी काममा लागीरहने पनि उनले बताए । यस अघि पनि राजनितीमा ठूलो उताडचढाव बेहोर्दै आएको भन्दै फेरी पनि अडिग भएर पार्टी काममा लाग्ने उनले बताए । मन्त्री नबने पछि निर्वाचन क्षेत्रबाट फोन गरेर मतदाताहरु रोइरहेको पनि उनले सनुाए ।

‘आफ्ना मतदाताहरुमा मेटमणी चौधरी पक्कै मन्त्री बन्छ भन्ने लागेको थियो तर लिष्ट बाट हट्दा निकै दुख मान्न भएको छ । पर्यटन मन्त्रीनै बन्छ भन्ने थियो पर्यटन नबने पनि अरुनै मन्त्री बन्छ दाङको विकास हुन्छ लुम्बीनी प्रदेशको विकास हुन्छ भन्ने ठानेका मतदाताहरुको मनमा ठेस पुगको छ उनले भनेका छन् ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 296
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    296
    Shares

प्रतिक्रिया दिनुहोस !