मन्त्रि पदका लागी देउवालाई प्रधानन्याधीशले यतिसम्म ब्ल्याकमेल गरेका रहेछन् !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.राले ब्ल्याकमेल गरेको खुलासा गरेका छन् । शनिवार बिहान एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले यस्तो खुलासा गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले गठबन्धनमा प्रधानन्यायाशीश पनि मिसिदा राम्रो नेताहरुले अवसर नपाएको घुमाउरो भाषामा खुलासा गरे । देउवाले साथीहरू छुटेकोमा दुःख लागेको बताए ।

बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा आज देउवाले यस्तो बताएका हुन् ।

शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री देउवाले विस्तारित मन्त्रिपरिषद्मा पार्टी भित्रका महत्वपूर्ण नेतालाई समेट्न नसकिएको बताउँदै यो आफ्नो बाध्यता भएको बताए ।

गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेताहरुलाई पनि अवसर दिन नसकेको उनको भनाइ छ । गठबन्धनका अन्य पार्टीमा पनि यस्तै समस्या भएको हुनसक्ने भन्दै उनले यो बाध्यतालाई बुझ्नुपर्ने बताए ।

अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिनेसमेत प्रधानमन्त्री देउवाले आश्वासन दिएका छन् । अदालतमा द्वन्दकालदेखि मुद्धाहरु बाँकी रहेको र यसको उचित व्यवस्थापनका लागि भन्दै ब्ल्याकमेल गरेको श्रोतको दावि छ ।

देउवाले नेपालगञ्जमा गजेन्द्रबहादुर हमाललाई उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रीमा नियुक्त गरेपछि सरकारको चर्को आलोचना भएको थियो । हमाल प्रधानन्यायाधीशका जेठान हुन् ।

उनी प्रधानन्यायाधीशकै कोटाबाट मन्त्री बनेको भन्ने हल्ला भएपछि देश तरङ्गीत भएको थियो । नेपाली कांग्रेस पृष्ठभुमी भएपनि हमाल १५ बर्षदेखि निष्कृय थिए ।

नेवि संघको राजनीतिबाट नेपाली कांग्रेसमा जोडिएका उनी बाँके जिल्लाको सभापति भइसकेका ब्यक्ति हुन् । तत्कालिन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाका कारण उनी कमजोर हुँदै गएका थिए ।

अहिले उनले त्यसको बदला कोइरालाकी छोरीसँग लिएका छन् । रामचन्द्र पौडेल खेमामा रहेकी गिरिता पुत्री सुजाता कोइरालाको नाम काटेर देउवाले हमललाई मन्त्री बनाएर बदला लिएका हुन् । सुरुमा पौडेल समूहलाई तीन मन्त्री दिने सहमति भएको थियो । अन्तिममा आएर उक्त सहमति तोडेर देउवाले हमाललाई मन्त्री बनाएका हुन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 89
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    89
    Shares

प्रतिक्रिया दिनुहोस !