गजेन्द्र हमालको बचाउ गर्दै प्रचण्डले खोले नयाँ रहस्य !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

चितवन – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गजेन्द्र हमाल बारे नयाँ रहस्य खोलेका छन् ।

प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भनेर चर्को आलोचना भइरहेका बेलामा प्रचण्डले हमाल नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेको खुलासा गरेका हुन् । सांसदसमेत नरहेका र पछिल्लो समय राजनीतिमा निष्क्रिय जस्तै हमाल शुक्रबार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका थिए ।

हमाल प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका जेठान हुन् । उनी राणाकै कोटाबाट मन्त्री बनेको आरोप लागेपछि चितवन पुगेका प्रचण्डले हमाल कांग्रेसकै नेता भएको र कांग्रेसकै कोटाबाट मन्त्री बनेको जिकिर गरेका हुन् ।

हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री भएको भन्ने कुरा गलत भएको उनले बताए । र, सांसद नभएका व्यक्ति मन्त्री हुनु नयाँ कुरा नभएको उनको भनाइ छ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले चितवन जस्ता जिल्लामा समझदारीका साथ गठबन्धन बनाएर निर्वाचनमा जाने पनि बताएका छन् ।

नेकपा एमालेका नेता देवि ज्ञवालीले प्रचण्डसँग चुनाव लडेर हराइदिन्छु भनेका बेलामा प्रचण्डले गठबन्धनबाट चुनाव लडेने ठोकुवा गरेका हुन् ।उता माओवादी छोडेर एमाले बनेका रामबहादुर थापा (बादल) पनि प्रचण्डसँग चुनाव लड्ने भनेर मुख मिठ्याइरहेका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा आप्नी छोरीलाइ मतपत्र च्यात्न लगाएर जिताएको आरोपा लागेका प्रचण्ड प्रतिनिधि सभामा आफू पनि निर्वाचित भएका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 120
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    120
    Shares

प्रतिक्रिया दिनुहोस !