ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने प्रचण्डको चेतावनी !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

परासी :नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका छन्।

आफ्नो पार्टी र आफूसँग धोका दिएका कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको  दाबी गर्दै प्रचण्डले फेरि पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका हुन्।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न शनिबार उनी पुगेका थिए । उनले भने, ‘ओलीको घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो। २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिंदै छ। अब पनि  चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर गर्दिन्छु।’

हिन्दीमा भाषण गरेका प्रचण्डले मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको बताउँदै भने, ‘मधेसी जनता मेरा प्रेमिका हुन्। कहिले काहीं भिलेन आएर प्रेमलाई तोड्न खोज्छन्। तर म निरन्तर तपाईंहरुकै अधिकारका लागि लडिरहेको छु।’

मधेसको प्रमुख समस्या नागरिकता रहेको बताउँदै उनले त्यो समस्या केही हप्तामै समाधान हुने आश्वासन दिए। उनले तराई मधेसको अर्को समस्या सुकुम्बासी र भूमिहीन समस्या रहेकाले त्यसको समाधानका लागि जिल्लातहमा आयोग गठन गरेर चुनाव अघि पूर्जा वितरण गर्ने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कृषि र रोजगारीलाई प्राथमिकता दिएका र प्रदेश सरकारले कृषिलाई महत्व दिएर बजेट ल्याएकाले कृषिलाई प्राथमिकता दिएर कार्यक्रम ल्याउन आग्रह गरे।

छतमा हेलिकप्टर ल्याण्ड गर्न मिल्ने गरी निर्माण गरिएको गाउँपालिकाको भवनको लागत ९ करोड ३४ लाख रहेको कार्यक्रममा जानकारी दिइएको थियो।

यो पनि – नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

झाँक्री गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुनेछिन्। सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्ट निर्वाचित छन्। त्यसैले अबको चुनावमा झाँक्री र विष्टबीच रोचक प्रतिस्पर्धा हुने देखिएको हो। एउटै दलमा लामो समय रहेका यी दुवै जना युवा पंक्तिमा लोकप्रिय मानिन्छन्।

एमाले विभाजनपछि झाक्री नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएकी छन् भने विष्टचाहिँ एमालेमै छन्। सत्तारुढ गठबन्धनका केही नेताहरुले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले तालमेलका आधारमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

 नेकपा एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष श्रीराम महत आगामी चुनावमा सत्तारुढ घ’टकबीच गठबन्धन नबने पनि गुल्मी क्षेत्र नम्बर २ बाट आफ्नो पार्टीका तर्फबाट झाँक्री नै उम्मेदवार हुने बताउँछन्।

यसका आधारमा पनि झाक्रीलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले समर्थन गर्न सक्ने आँकलन गरिएको छ। उता, विष्ट भने एमालेकै मतदाताको भर पर्नुपर्ने हुन्छ।

‘गत शुक्रबार काठमाडौंमा भएको गुल्मी-काठमाडौं सम्पर्क मञ्च गठन कार्यक्रममा उहाँले गुल्मीबाट चुनाव लड्ने उद्घोष गर्नु भएको छ,’ महतले भने, ‘सो कार्यक्रममा युवाहरुको सहभागिताले पनि उहाँका पछाडि धेरै युवा छन् भन्ने स्पष्ट हुन्छ।’

उनका अनुसार पार्टीले अब छिट्टै गुल्मीमा प्रथम जिल्ला सम्मेलन गर्दैछ। कुनै समय एमालेका हर्ताकर्ता कार्यकर्ता हिमाल थापा अहिले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरी जिल्ला ईन्चार्जको भूमिकामा छन्। उनी पनि क्षेत्र नम्बर १ का प्रभावशाली युवा नेता मानिन्छन्।

झाँक्री र थापाका कारण पनि जिल्लामा युवाको ठुलो पंक्ति नेकपा एकीकृत समाजवादीतर्फ आकर्षित भएको जिल्ला अध्यक्ष महत बताउँछन्।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 742
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    742
    Shares

प्रतिक्रिया दिनुहोस !