मधेसी जनता मेरा प्रेमिका हुन्: जननायक प्रचण्ड

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

परासी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिनुभएको छ ।

आफ्नो पार्टी र आफूसँग धोका दिएका कारण ओलीलाई बालुवाटारबाट बालकोट पु¥याएको स्मरण गराउँदै अध्यक्ष दाहालले फेरि पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिनुभयो ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटनको क्रममा अध्यक्ष दाहालले हिन्दीमा भाषण गर्दै गर्नुभएको थियो ।

‘ओलीको घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो, २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिँदै छ,’ उहाँले हिन्दीमै भन्नुभयो, ‘अब पनि चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर गर्दिन्छु ।’

‘मधेसी जनता मेरा प्रेमिका हुन्, कहिलेकाहिँ भिलेन आएर तोड्न खोन्छन्,’ मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, ‘तर, म निरन्तर तपाईंहरूकै अधिकारका लागि लडिरहेकोछु ।’

नागरिकता र सुकुम्बासी समस्यमा मधेशमा रहेको आफूलाई ज्ञात भएको बताउँदै उहाँले समाधान गर्ने आश्वासन दिनुभयो । छतमा हेलिकप्टर ल्याण्ड गर्न मिल्ने गरी निर्माण गरिएको गाउँपालिकाको भवनको लागत ९ करोड ३४ लाख रहेको छ ।

यो पनि – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच गोप्य भेटवार्ता भएको खुलासा भएको छ । विश्वस्त श्रोतका अनुसार देउवा र जबराको भेट महाराजगञ्जस्थित एउटा घरमा भएको थियो ।

गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएको विषयमा राजनीति तातेका बेलामा कार्यकालिका र न्यायापालिकाका प्रमुखबीच गोप्य भेटवार्ता भएको खुलासा भएको हो ।

प्रधानमन्त्री देउवाको ससुराली खलकका नाता पर्ने प्रमोद राणाको महाराजगञ्जस्थित् निवासमा उनीहरुको भेट भएको थियो । त्यहाँ भएका भेटहरुमा हमाललाई मन्त्री बनाउनेबारे छलफल भएको र त्यतिवेला नै सहमति भएको सुरक्षा स्रोतको दाबी छ । कतिसम्म भने राणाको उक्त निवासमा नै देउवाले प्रधानन्यायाधीश जबरासँग पटक–पटक छलफल गरेका थिए ।

स्रोतले भन्यो, ‘केपी शर्मा ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि देउवा र प्रधानन्यायाधीशबीच भेटवार्ता पनि प्रमोद राणाकै निवासमा भएको हो । यो भेटवार्ताको सिलसिला महिनौं चलेको थियो ।’

प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डलमा भाग नखोजेको भए मिडियामा चर्चा भएअनुसार हमाल नै किन मन्त्री बनाईए त ? यो विषयले गम्भीर प्रश्न उठाएको छ ।

प्रमोद राणाकै निवासमा नै प्रधानन्यायाधीश जबरालाई मन्त्रिदेखि राजदूतसम्म भाग दिनेबारे सहमति भएको र यसमा प्रचण्ड, माधव कुमार नेपाल र उपेन्द्र यादवपनि सहमत भएको स्रोतको दाबी छ ।

स्रोतले भन्यो,‘अहिले सत्तापक्षीय गठबन्धनमा आवद्ध कुनै दलले पनि हमाललाई मन्त्री बनाएको बारे विरोध गरेका छैनन् । सबै मौन छन् । हुँदाहुँदै आजबाट गठबन्धनमा आवद्ध दलका शीर्ष नेता र मन्त्रीहरुले नै हमालको मन्त्रीमा नियुक्तीलाई लिएर बचाउ गर्न थालेका छन् ।’

खासमा हमाललाई मन्त्री बनाईउनु भनेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भाग दिएको भन्ने चर्चा छ । यो विषयमा भएको चर्चाहरुलाई गोप्य रुपमा भएको भेटहरुले पुष्टि गरेका छन् । तर, नवनियुक्त मन्त्री हमाल स्वयम भने यसमा कुनै सत्यता नभएको दाबी गर्छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको सपथ खाएलगत्तै सिंहदरबारस्थित् मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा समेत उनले आफू कांग्रेसको पूरानो नेता भएको र पार्टीमा लामो योगदान रहेको स्पष्ट पारेका थिए । नाताले हमाल प्रधानन्यायाधीश जबराका जेठान पर्छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 629
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    629
    Shares

प्रतिक्रिया दिनुहोस !