प्रधानन्यायाधीशका जेठान गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने बताएका छन्।

‘मेरो विवेकले राजीनामा दिने निर्णयमा पुँगें,’ हमालले आइतबार मिडियासँग टेलिफोनमा भने, ‘आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउँछु।’ किन राजीनामा दिन लाग्नुभयो भन्ने प्रश्नमा हमालले आफूलाई अनावश्यक विवादमा तानेकाले झन्झटमा नफस्ने बताए।

‘४५ वर्ष कांग्रेसमा योगदान पुर्‍याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ हमालले भने, ‘राजीनामा नदेउ भनेर दबाब पनि आएको छ, तर, राजीनामा दिन्छु।’  निष्ठाको राजनीतिक गरेकाले मन्त्री नहुँदैमा केही फरक नपर्ने दाबी गरे।

बाँकेका गजेन्द्रबहादुर हमाल नेपाली कांग्रेसका पुराना नेता हुन्। २०२५ सालबाट कांग्रेसमा आबद्ध हमाल नेविसंघको जिल्ला अध्यक्ष हुँदै नेपाली कांग्रेस बाँकेको जिल्ला सभापतिसमेत भएर काम गरिसकेका छन्।

करिब ४५ वर्ष कांग्रेसको सक्रिय राजनीति गरेका हमाल प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री भएको आरोप छ। हमाल प्रधानन्यायाधीश जबराका जेठान पर्ने भएकाले उनकै कोटाबाट मन्त्री बनेको चर्चा छ।

उनले एक अन्तरवार्तामा चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोपको खण्डन गर्दै यस्तो भनेका छन् “यो मेरो राजनीतिक इतिहास, मैले नेपाली कांग्रेसमा गरेको योगदान र कठिन परिस्थितिमा शेरबहादुर देउवालाई साथ दिएको बारेमा जानकारी नभएकाले गर्ने कच्चा टिप्पणी हो।

अर्को कुरा, नेपालको संविधानमा प्रधानन्यायाधीशलाई मन्त्रीमा कोटा दिने भनेर कहाँ लेखिएको छ? त्यो त छैन। मलाई प्रधानन्यायाधीशले कोटा दिनैपर्दैन। राजनीतिमा मेरो त्याग, बलिदान, योगदान नै पर्याप्त छ।

प्रधानमन्त्रीले गैरसांसदलाई ६ महिना मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ। मैले अप्ठ्यारो परिस्थितिमा प्रधानमन्त्रीलाई दिएको साथ र मेरो राजनीतिक योगदानका आधारमा नै म मन्त्री बनाइएको हुँ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 195
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    195
    Shares

प्रतिक्रिया दिनुहोस !