पुजालाई प्रकाशको जवाफ: यदि हजुरको धर्तीमा पदार्पण नभएको भए त म भोकै म’र्ने रहेछु !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

रबिन पाठक, काठमाडौं – नेपाली सिनेमा क्षेत्रकी चर्चित नायिका हुन् पुजा शर्मा। नायिका पुजा शर्माको चर्चा बेला-बेला सिने नगरीमा विभिन्न बिषयमा जोडेर हुने गर्छ। कहिले आकाशसंगको प्रेमको कुराले मिडिया छाउने गर्छिन त कहिले अन्तरवार्तामा बोलि चिप्लेको कारणले चर्चामा आउने गर्छिन।

नायक आकाश श्रेष्ठसंगको प्रेमको चर्चा त मिडियामा छदैछ। यस्तै केहि समय अगाडी रंगपत्रकार प्रकाश सुबेदीसंगको एक अन्तरवार्तामा नेपालमा कति ओटा जिल्ला र प्रदेश छन् भन्ने जस्ता सामान्य प्रस्नमा उनको बोलि चिप्लीदा उनले धेरै आलोचना खेप्न पर्यो।

आलोचना मात्र हैन उनको र पत्रकार प्रकास सुबेदीको सम्बन्धमा पनि दरार आयो। अझै भन्न पर्दा पानि बाराबारको सम्बन्ध जस्तै भयो। उक्त अन्तरवार्तापछि उनि प्रकाश सुबेदीको अन्तरवार्तामा कहिलै नजाने घोषणा समेत गरिन। साथै अन्य कलाकारहरुलाई पनि यस्ता अन्तरवार्तामा नजान समेत भनिन।

हुन त अभिनेत्री पुजा शर्माले अन्य कलाकारहरुलाई उक्त कार्यक्रममा नजान भनेपनि आजको दिनसम्म प्रकाश सुबेदीको कार्यक्रममा कलाकार गएर अन्तरवार्ता दिएकै छन्।

हालसालै नायिका पुजा शर्माले मुन्द्रेको कमेडी क्लबमा गएर फेरी उक्त विवादलाई कोट्याउने प्रयास गरेकी छिन। उनले उक्त कार्यक्रममा भनेको कुरा जस्ताको त्यस्तै ‘कोहि व्यक्ति ईण्डस्ट्रि बाट हराइसकेकालाई मेरो कन्ट्रोभर्सीले हिट बनाइदेको छ क्या, म त्यो सोच्छु क्या, एट लिस्ट त्यो घरमा चामल त बिकिराको छ नि त, राम्रो भैरहेको छ नि त, आज उहालाई सबै जनाले चिन्नुहुन्छ, नचिनेको मान्छेले पनि चिन्नुहुन्छ, किन ? पुजा शर्माले १४ अञ्चल र ७५ जिल्ला के रंग भन्दियो सक्कियो।”

अभिनेत्री पुजा शर्माको यो अभिव्यक्ति पछि पत्रकार प्रकाश सुबेदीले ‘म भन्दा पनि मेरा शुभचिन्तक पुजा देखि रिसाउनु भएको र यसको जवाफ दिन आग्रह गर्नुभएको भन्दै कार्यक्रम रजतपट मार्फत अभिनेत्री पुजा शर्मालाई धन्यवाद भन्दै जवाफ दिएका छन्।

पत्रकार सुबेदीले यसरी जवाफ फर्काएका छन् ” हो हजुर हो, हजुरकै कृपाले गर्दा मेरो दाना पानि चलिरहेको छ। म पत्रकारितामा आउदा देखि नै हजुर नै मेरो पालन हार हुनुहुदो रहेछ, यतिखेर आएर बल्ल थपाएं मैले, यदि हजुरको यस धर्तीमा पदार्पण नभएको भए त म भोकै म’र्ने रहेछु, हजुरको जय होस्।”

फिल्म हलमा फिल्म नचलेपनि पुजा र पत्रकार सुबेदीको चर्चा गज्जब चलिरा छ। अभिनेत्री पुजालाई सुकिसकेको घाउ फेरी किन कोट्याउन मन लाग्यो ? फेरी बजारमा चर्चा पाउन हो कि उतिबेलाको रिस अहिले पोखिएको हो ? जे होस् नायिका पुजाको भाषामा भन्न पर्दा ‘तपाइको कारण पत्रकार सुबेदी, हाम्रो र धेरै अन्य पत्रकारहरुको दानापानि चलिरा छ।’

बाकी भिडियोमा हेर्नुहोस:

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 56
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares

प्रतिक्रिया दिनुहोस !