CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सरकारमा भागे खोजेको भन्दै चर्को विवाद भयो । विवादका वावजुद पनि प्रधानमन्त्री शेरबहादुर देउवाले जबराका जेठानलाई मन्त्री बनाइदिए ।

त्यसपछि अदालत र सरकार सेटिङमा चलेको आरोप लाग्यो । उद्योगमन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालले राजीनामा दिने भएपछि उक्त सेटिङ तीन दिनमै भत्किएको छ ।

हिजो बेलुकी शशांकलाई भेटेका उनले शाशांकको सल्लाहअनुसार आफूले राजीनामा दिने जानकारी गराएका थिए । आफ्नो राजनीतिक योगदान हुँदाहुँदै प्रधानन्यायाधीशसँग जोडेर विवाद उब्जाइएको उनले गुनासो गरेका थिए ।

‘सबैतिर परामर्श गर्दा मैले राजीनामा दिनु राम्रो मानेँ,’ हमालले भनेका थिए, ‘म धार्मिक मान्छे हुँ । मेरोबारे भइरहेको टिप्पणीबाट दुखी छु । मेरो राजनीतिक योगदानलाई अलग राखेर हेर्ने काम भयो ।’

महामन्त्री कोइरालाले पनि हमाललाई मन्त्री बन्न योग्य हुँदा हुँदै पार्टीको लोकतन्त्रप्रतिको निष्ठासँग जोडेर प्रश्न उठेको बताए । उनले भने, ‘तपाईं योग्य मान्छे हो, तर बेला नै यस्तो पर्‍यो ।’

हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने छन् । शशांक १३औँं महाधिवेशनमा पौडेल समूहबाट महामन्त्रीमा निर्वाचित भएका थिए ।

पौडेल समूहले आफूलाई अपमान गरेको भन्दै सुजाता कोराइराला रिसाएपछि उनलाई फकाउन शशांकले हमाललाई आफ्नो निवासमा बोलाएका थिए ।

त्यही भेटमा उनले राजीनामा दिएर पार्टी राजनीतिमा सक्रिए हुन सल्लाह दिएका थिए । अब उनको राजीनामा आएपछि सुजाता मन्त्री बन्ने पक्का भएको छ । उनी मन्त्री बनेपनि देउवा गुटबाट बन्ने विश्लेषण हुन थालेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।