लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दै छन् मन्त्रि ? पुरा विवरण

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । गठबन्धन दलहरुले मन्त्रीको नाम टुंग्याएपछि आज दिउँसो मन्त्रिपरिषद विस्तार हुन लागेको हो । दिउँसो ३ बजे सपथ ग्रहण कार्यकम राखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिए ।

नेपाली काँग्रेसले मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको थियो । नेपाली काँग्रेसले वन, वातावरण तथा भूसंरक्षणमा सुरेन्द्र हमाल, शिक्षा विज्ञान युवा तथा खेलकुदमा वसिउद्दिन खाँ र ऊर्जा, जलस्रोत तथा सिँचाइमा वीरबहादुर रानालाई मन्त्री बनाउने निर्णय गरेको छ ।

राज्यमन्त्रीमा कपिलवस्तुकी रिना नेपाल विक र अर्जुनकुमार श्रेष्ठलाई पठाउने निर्णय भएको काँग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए । यसअघि साउन २८ गते काँग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भइसकेका छन् ।

माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने भएका छन् भने सोही पार्टीबाट दाङकी विमला खत्री वली राज्यमन्त्री बन्ने भएकी छन् ।

यसअघि माओवादीबाट प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनिसकेका छन् । माओवादीले योपटक आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।

माओवादीले पाएको मन्त्रालयमा नेकपा एकीकृत समाजवादीबाट रमा घर्ती मन्त्री बन्ने माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले बताए । रमा लुम्बिनीमा नेकपा एकीकृतको तर्फबाट एकमात्र सांसद हुन् ।

साउन २८ गते चारदलीय गठबन्धन सरकार बनेपनि दलहरुबीच मन्त्रालय र मन्त्रीको भागबण्डामा कुरा नमिल्दा लामो समयदेखि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन ।

यो पनि- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना गल्ती स्विकार्दै माफी मागे नयाँ ढंगले सोच्न सकिने तर्क गरेका छन् ।

जिल्ला पार्टी कार्यालय उद्घाटन र दसैंतिहारलगायत चाडको शुभकामना आदानप्रदान गर्न शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले ओली सुध्रिएलान् भन्ने आशा भने नगरेको बताए ।

‘अहिले पनि केपी ओलीले माफी माग्छन् भने, गल्ती गरेको कुरा स्विकार्छन् भने, आफ्नो कुर्सी बचाउन प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको ठान्छन् भने,’ नेपालले भने, ‘पार्टीभित्र गलत तरिका अपनाएँ भन्ने मान्छन् भने र त्यसको जिम्मेवारी मेरो हो भन्ने स्विकार्छन् भने नयाँ ढंगले सोच्न सकिएला ।’

एमालेमा ओलीले दास र एसम्यान मात्रै खोजी गरेको भन्दै नेपालले आफू र समूहले साहस गरेर विद्रोह गरेको तर्क गरे । ‘धेरैलाई लागेको थिएन संसद्मा हामी शक्तिका रूपमा उदाउनेछौं, धेरैले कानुनी मान्यता पाउने सोचेका थिएनन्,’ उनले भने, ‘अहिले प्रत्येक भाषणमा अदालत, कानुन व्यवसायीको मानमर्दन गरेको पाउनुहुन्छ, मिडिया, नागरिक समाजका मान्छेको हुर्मत लिएको पाउनुहुन्छ, निर्वाचन आयोगदेखि सभामुखविरुद्ध विषबमन गरेको देख्नुहुन्छ, यी सबै केपी ओलीको तमासा, पराजित मानसिकताको उपज मात्रै हो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पुराना भ्रष्टाचार मुद्दाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए । ‘संसारमा जुनसुकै ठूला ओहोदाको व्यक्ति होस्, भ्रष्टाचारको छानबिन, कारबाही हुन्छ तर अघिल्लो सरकारको पालामा यति होल्डिङमाथि छानबिन भएन, झापाको चिया बगान, ओम्नी, हवाईजहाज, औषधि खरिद प्रकरणमा छानबिन भएन,’ उनले भने, ‘बरु प्रोत्साहन र ढाकछोप गर्ने काम भएको छ, यो सरकारले त्यसको एकएक छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराउँछु ।’

वाग्मती र प्रदेश–१ मा छिट्टै आफ्नो दलको नेतृत्वमा सरकार बन्ने भन्दै उनले अन्य प्रदेशमा पनि आफ्नो पार्टीले सम्मानजनक हैसियत बनाएको दाबी गरे ।

ललितपुरको गोदावरीमा सम्पन्न एमाले विधान महाधिवशेनलाई ‘तमासा’ को संज्ञा दिँदै उनले खसीबोका, कुखुराको भतेर मात्रै लागेको र विधानको ‘ब’ उच्चारणसमेत नभएको आरोप लगाए । आफूलाई पुष्पलालको उत्तराधिकारी दाबी गर्दै उनले कम्युनिस्ट पार्टीमा व्यक्तिभन्दा नीति र विचारप्रधान हुने तर्क गरे ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

प्रतिक्रिया दिनुहोस !