बाहिरियो गोप्य सूचना: गजेन्द्र हमालले शशांक कोइरालालाई भेटेर यस्तो भनेका रहेछन !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडाैं। उद्योगमन्त्री नियुक्त भएको दुई दिनमै गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र विवाद भएपछि उनले राजीनामा दिने भएका हुन् ।

हमालले हिजो बेलुकी कांग्रेस महामन्त्री शशांक कोइरालालाई भेटेर आफूले राजीनामा दिने जानकारी गराएका थिए । आफ्नो राजनीतिक योगदान हुँदाहुँदै प्रधानन्यायाधीशसँग जोडेर विवाद उब्जाइएको उनले गुनासो गरेका थिए ।

‘सबैतिर परामर्श गर्दा मैले राजीनामा दिनु राम्रो मानेँ,’ हमालले भनेका थिए, ‘म धार्मिक मान्छे हुँ । मेरोबारे भइरहेको टिप्पणीबाट दुखी छु । मेरो राजनीतिक योगदानलाई अलग राखेर हेर्ने काम भयो ।’

महामन्त्री कोइरालाले पनि हमाललाई मन्त्री बन्न योग्य हुँदा हुँदै पार्टीको लोकतन्त्रप्रतिको निष्ठासँग जोडेर प्रश्न उठेको बताए । उनले भने, ‘तपाईं योग्य मान्छे हो, तर बेला नै यस्तो पर्‍याे ।’हमालले सम्भवत: आज प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने छन् ।

यो पनि- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना गल्ती स्विकार्दै माफी मागे नयाँ ढंगले सोच्न सकिने तर्क गरेका छन् ।

जिल्ला पार्टी कार्यालय उद्घाटन र दसैंतिहारलगायत चाडको शुभकामना आदानप्रदान गर्न शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले ओली सुध्रिएलान् भन्ने आशा भने नगरेको बताए ।

‘अहिले पनि केपी ओलीले माफी माग्छन् भने, गल्ती गरेको कुरा स्विकार्छन् भने, आफ्नो कुर्सी बचाउन प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको ठान्छन् भने,’ नेपालले भने, ‘पार्टीभित्र गलत तरिका अपनाएँ भन्ने मान्छन् भने र त्यसको जिम्मेवारी मेरो हो भन्ने स्विकार्छन् भने नयाँ ढंगले सोच्न सकिएला ।’

एमालेमा ओलीले दास र एसम्यान मात्रै खोजी गरेको भन्दै नेपालले आफू र समूहले साहस गरेर विद्रोह गरेको तर्क गरे । ‘धेरैलाई लागेको थिएन संसद्मा हामी शक्तिका रूपमा उदाउनेछौं, धेरैले कानुनी मान्यता पाउने सोचेका थिएनन्,’ उनले भने, ‘अहिले प्रत्येक भाषणमा अदालत, कानुन व्यवसायीको मानमर्दन गरेको पाउनुहुन्छ, मिडिया, नागरिक समाजका मान्छेको हुर्मत लिएको पाउनुहुन्छ, निर्वाचन आयोगदेखि सभामुखविरुद्ध विषबमन गरेको देख्नुहुन्छ, यी सबै केपी ओलीको तमासा, पराजित मानसिकताको उपज मात्रै हो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पुराना भ्रष्टाचार मुद्दाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए । ‘संसारमा जुनसुकै ठूला ओहोदाको व्यक्ति होस्, भ्रष्टाचारको छानबिन, कारबाही हुन्छ तर अघिल्लो सरकारको पालामा यति होल्डिङमाथि छानबिन भएन, झापाको चिया बगान, ओम्नी, हवाईजहाज, औषधि खरिद प्रकरणमा छानबिन भएन,’ उनले भने, ‘बरु प्रोत्साहन र ढाकछोप गर्ने काम भएको छ, यो सरकारले त्यसको एकएक छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराउँछु ।’

वाग्मती र प्रदेश–१ मा छिट्टै आफ्नो दलको नेतृत्वमा सरकार बन्ने भन्दै उनले अन्य प्रदेशमा पनि आफ्नो पार्टीले सम्मानजनक हैसियत बनाएको दाबी गरे ।

ललितपुरको गोदावरीमा सम्पन्न एमाले विधान महाधिवशेनलाई ‘तमासा’ को संज्ञा दिँदै उनले खसीबोका, कुखुराको भतेर मात्रै लागेको र विधानको ‘ब’ उच्चारणसमेत नभएको आरोप लगाए । आफूलाई पुष्पलालको उत्तराधिकारी दाबी गर्दै उनले कम्युनिस्ट पार्टीमा व्यक्तिभन्दा नीति र विचारप्रधान हुने तर्क गरे ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

प्रतिक्रिया दिनुहोस !