कता हराए नवनियुक्त मन्त्री ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – सपथ खाने वित्तिकै नवनियुक्त मन्त्रीहरुले कुलेलम ठोकेका छन् । यसअघि मन्त्री नियुक्त भइसकेपछि बधाई खानलाई मात्र भएपनि मन्त्रालयमा बस्ने चलन थियो । आजभोली प्राय मन्त्रीहरु मन्त्रालयमा देखिदैनन् । कोही दशैं मनाउन घर पुगेका छन् भने कोही आफ्नो घरमा बधाई थापिरहेका छन् ।

आइतबार रक्षा मन्त्री मिनेन्द्र रिजाल, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ, स्वास्थ्यमन्त्री विरोध खतिवडा मन्त्रालयमा आएनन् । मन्त्रीलाई बधाई दिन आएका कार्यकर्ता निरास भएर फर्किएका छन् ।

गत शुक्रबार मन्त्री शपथ लिएर पदभार ग्रहण गरेका मन्त्रीहरुको आइतबार कामका दृष्टिले पहिलो दिन हो । सामान्यतया नयाँ मन्त्री आएपछि मन्त्रालय, मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा र विभागबाट मन्त्रीलाई ब्रिफिङ गर्ने अभ्यास छ ।

शुक्रबार शपथ लिएपछि रक्षामन्त्री रिजाल शनिबार गृहजिल्ला मोरङ पुगेका थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा पोखरा, शहरी विकास मन्त्री झाँक्री र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ तनहुँ पुगेका थिए ।

केही मन्त्रीले भने आइतबार मन्त्रालयमा पुगी कर्मचारीबाट मन्त्रालयबारे जानकारी लिएका छन् । बिहान ११ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुग्दा नवनियुक्तमन्त्री राजेन्द्र श्रेष्ठलाई बधाइ दिन खादा, माला, फुल बोकेर १२/१५ जना मानिसहरु कुरिरहेका थिए ।

११ः३० मा मन्त्री श्रेष्ठ मन्त्रालय आइपुगे । केही मिनेट सचिवसंग बसेर बधाइ दिन कुर्नेहरुलाई भेटे । १२ बजेपछि मन्त्री श्रेष्ठ ब्रिफिङमा सामेल भए । तर, मन्त्रीको ब्रिफिङमा मन्त्रालयका धेरै कर्मचारी थिएनन् ।

भेटका क्रममा मन्त्री श्रेष्ठसँग हामीले जिज्ञासा राख्यौं, ‘संघीय निजामती कर्मचारीसंग सम्बन्धित विधेयक फिर्ता र कर्मचारी समायोजनको विषयमा के गर्नुहुन्छ ? जवाफमा उनले कर्मचारीतन्त्रलाई चुस्तदुरुस्त बनाउने, संघीयताको मर्म अनुसार बढी भन्दा बढी अधिकार प्रदेशलाई दिने गरी काम गर्ने बताए ।

बिहान १० बजे वन तथा वातावरण मन्त्रालय पुग्दा नवनियुक्त मन्त्री रामसहाय प्रसाद यादवलाई बधाइ दिन कुरिरहेका थिए । साढे १० बजे मन्त्री यादव आइपुगे । बधाइ दिन कुरिरहेकाहरुले मन्त्री यादवलाई खादा, माला लगाइदिए, लड्डु खुवाए, सफल कार्यकालको कामना गरे ।

उनीहरुसंग करिब आधा घण्टा बिताएर मन्त्री यादव ११ बजेपछि ब्रिफिङमा गए । मन्त्री यादवको ब्रिफिङ पनि औपचारिकतामा सीमित थियो । ‘आज यसो ब्रिफिङ भन्ने छ । खास ब्रिफिङ दशैं पछि नै हुन्छ’ उनले भने ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 85
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    85
    Shares

प्रतिक्रिया दिनुहोस !