यो सरकार सुकुम्बासी बिरोधी मात्र होइन ह -त्यारा समेत हो: महेश बस्नेत

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले रुपन्देहीको मोतिपुरमा भएको घटनालाई लिएर गृहमन्त्री बालकृष्ण खाँणको राजिनामा माग गरेका छन्।

आइतबार मोतीपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा झ ड प हुँदा चार जना स्थानीयको मृ -त्यु भएको थियो भने प्रहरीसहित ५० जना घा’इते भएका थिए ।

यसै बिषयलाई लक्षित गरेर सोमबार बिहान सामाजिक सञ्जालमार्फत् नेता बस्नेतले उद्योगमन्त्री गजेन्द्र हमालले नैतिकता देखाएर राजिनामा दिएको स्मरण गर्दै गृहमन्त्रीसँग त्यो आँट छ कि छैन भन्दै उनको राजिनामाको माग गरेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन् ‘गृहमन्त्री राजिनामा दे ! परमादेश पाएर सरकार बन्नासाथ भुमीहिन सुकुम्बासी आयोग भङ्ग गर्‍यो । दशैको मुखमा गृह मन्त्रीको आदेशमा उनकै गृह जिल्लाका ४ जना सुकुम्बासीको गो’ ली हा नी ह -त्या गरेको छ । दर्जनौं घा’इते बनाएको छ।

यो सरकार सुकुम्बासी बिरोधी मात्र होइन ह -त्यारा समेत हो भन्ने पुष्टी भएको छ ।उधोग मन्त्री गजेन्द्र हमाल जत्तिको नैतिकता देखाएर राजिनामा दिने आँट गृह मन्त्री बाल कृष्ण खाड संग छ कि छैन ? नत्र कुन मुखले त्यही क्षेत्रमा चुनावमा भोट माग्न जाने हो ?’

तिमीहरुले प्रतिगामी भनेको केपी सरकार हुन्थ्यो भने अहिले भुमिहिनलाई “जग्गा “ बितरण गर्थ्यो। तिम्रो कथित अग्रगामी सरकार छ र त अहिले भुमिहिनलाई “गोली “ बितरण गर्दै छ । त्यसैले जनता भन्दैछन् “तिम्रो कथित अग्रगामी सरकार मुर्दाबाद”।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 638
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    638
    Shares

प्रतिक्रिया दिनुहोस !