प्रचण्डलाई चेतावनी: ‘आउने चुनावमा कांग्रेससँग गठबन्धन गर्ने कल्पना नगरे हुन्छ’ !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

चितवन । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आगामी निर्वाचनमा चितवनमा चुनावी गठबन्धनको कल्पना नगर्न चेतावनी दिएका छन् । उनले गठबन्धन बने प्रतिवाद गर्ने चेतावनी समेत दिएका हुन् ।

केही दिन पहिले भरतपुर विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन चुनाव गठबन्धनकै आधारमा हुने बताएका थिए ।

कांग्रेस भरतपुर महानगर कमिटीको दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कांग्रेसीले आगामी निर्वाचनमा रुखमै भोट हाल्ने घोषणा गरे ।

‘मानियो अघिल्लो पटक, अब मानिँदैन’, श्रेष्ठले भने, ‘माथिबाट भनेको भरमा हुन्छ ? चितवन कांग्रेसलाई सोध्नुपर्दैन ? कहिँ कतै हँसिया–हथौडा र हलोमा भोट हाल्न लगाए हामी हाल्ने छैनौं ।’ उनले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेता रामचन्द्र पौडेललाई यो सन्देश केन्द्रमा पु¥याउन आग्रहसमेत गरेका छन् ।

केही दिन पहिले महानगर कमिटीको पदस्थापन कार्यक्रममा उनले प्रचण्ड र रेनुलाइ चितवनबाट लखेटेको दिन बल्ल चितवन कांग्रेसको साख फिर्ता हुने अभिव्यक्ति दिएका थिए ।

यसअघि भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल र संघीय चुनावमा क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डे कांग्रेसको समर्थनमा लडेका थिए ।

पर्यटन मन्त्रालयमा प्रेम आलेको काम देखेर सबै चकित, बिपक्षिले समेत गर्न थाले तारिफ ! – काठमाडौं, नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले कमाले गरेका छन् । मन्त्री भएको दुई दिनमा नै ४ महिना अघिदेखि चल्दै आएको आन्दोलन तुहाएका छन् ।

विभिन्न माग राखेर नेपाल वायू सेवा निगमका कर्मचारीहरुले करिब चार महिनादेखि जारी राखेको आन्दोलन आजबाट टुंगिएको छ । नवनियुक्त आलेले सपथ ग्रहण गरेको ४८ घन्टाभित्र निगमको गतिरोध तोड्न सफल भएका छन् ।

मन्त्री आलेसँग सिधा वार्तापछि कर्मचारीहरु आन्दोलन फिर्ता लिन सहमत भएका हुन् । कर्मचारीसँगको वार्तामा मन्त्री आलेले उनीहरुको माग सम्वोधन गर्ने प्रतिवद्धता जनाउँदै त्यसका लागि केही समय दिन आग्रह गरेका थिए । मन्त्रीको आग्रहअनुसार आन्दोलित कर्मचारीहरु आजैबाट नेपाल वायू सेवा निगममा लगाएको ताला खोल्न सहमत भए ।

कर्मचारीको आन्दोलनका कारण निगम पूर्णरुपमा अस्तव्यस्त बनेको थियो । निगमलाई सरकारले निजीकरण गर्न लागेको भन्दै कर्मचारीले आन्दोलन सुरु गरेका थिए । नवनियूक्त पर्यटनमन्त्री आलेले निगमको आन्दोलनलाई प्रमुख प्राथमिकतामा राखेर समाधानतर्फ लगेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा बम मन्त्री बनेका आले निकै आलोचित भएको थिए । विगतको घटनालाई स्मरण गर्दै आलेले सोचबुझ पूर्ण निर्णय गर्न थालेका छन् ।

कहिले ओली सरकार ७ गेरमा चल्छ भनेर भाषणा गरेर आलोचित भएका थिए भने कहिले रुखले कार्वनडाइअक्साइड दिन्छ भनेर आलोचित भएका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 674
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    674
    Shares

प्रतिक्रिया दिनुहोस !