वेदुराम भुसालले बोल्ने ढंग नपुर्याउदा नेकपा(एस)मा भाडभैलो, माधव नेपाललाई आपत !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। नेकपा एकीकृत समाजवादीका महासचिव डा। वेदुराम भुसालले बोल्ने ढंग नपुर्यादा माधव नेपाललाई टेन्सन भएको छ । उनले प्रधानन्यायधीश चोलेन्द्र शमशेर विवादमा मिसिएको बिषयमा खुल्लमखुल्ला अभिव्यक्ती दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले पार्टीले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई नै मन्त्री बनाएको बताउँदै यसलाई विवादित भन्नु उचित नहुने दाबी गरेका छन् । विगतमा पुष्टि नहुने कुनै आरोप लाग्यो भन्दैमा जिम्मेवारी नदिने भन्ने नहुने उनको जिकिर छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव डा. भुसालले भने, “माधवकुमार नेपालले गोजीबाट निकालेर मन्त्री बनाउनुभएको होइन । बकाइदा ११ सदस्यीय केन्द्रीय सचिवालयले निर्णय गरेको हो । त्यसैले त्यसमा कुनै कमी कमजोरी छ भने सामूहिक जिम्मेवारी लिनुपर्छ ।

पक्कै पनि हामीले धेरै जनालाई पठाउन सकेका छैनौं । कतिपय कामको मूल्यांकन गरेर मन्त्री बनाएका हौं । विद्रोहको अग्रपंक्तिमा रहेका साथीहरु पार्टी निर्माणमै लागौं भन्ने कुरा छ । मन्त्री भएका सबै जना जनताबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । यसलाई विवादित भन्नु बेकार हो ।”

एमालेको बदमासीले बाग्मती प्रदेशमा दसैं अगाडि मुख्यमन्त्री बन्न नसकेको उनले आरोप लगाए । उनले भने, “संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हो ।

बहुमत गुमाइसकेको अवस्थामा कति दिन टिक्छन् ? सभामुखले कात्तिक ४ गते बैठक राखेर संविधानविपरीत काम गरेका छन् ।” बाग्मती र प्रदेश १ मा एकीकृत समाजवादीको मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनमा सहमति भइसकेको दाबी गरे ।

महासचिव डा. भुसालले गजेन्द्र हमाल कांग्रेसको कोटा मन्त्री भएको बताउँदै प्रधानन्यायाधीशको सिफारिसमा बनाएको हो कि होइन भन्ने कुरा प्रधानमन्त्रीलाई नै सोध्नुपर्ने बताए । उनले थपे, “यसबारे हामी कुनै जानकारी राख्दैनौं ।

प्रधानन्यायाधीशले हामीसँग भाग खोजेको होइन, खोजे पनि प्रधानमन्त्रीसँग खोज्नुभएको होला । गजेन्द्र हमालले कांग्रेसको पुरानो कांग्रेस हुँ भनिरहेको अवस्थामा हामीले के अन्यथा सोच्ने ?” राजदूत नियुक्तिमा भागबन्डा हुनु स्वाभाविक भएको उनको कथन छ ।

उनले भने, “गठबन्धन भनेकै भागबन्डा त हो नि ।” रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको घटना दुःखद रहेको भन्दै उनले घटनाको छानबिन हुनुपर्ने बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 405
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    405
    Shares

प्रतिक्रिया दिनुहोस !