CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाण्डौँ । नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले मोटो रकम लिएर किसान श्रेष्ठ र प्रेम आलेलाई मन्त्री बनाएको आरोप लागे पछि नेकपा एस बोलेको छ ।
नेकपा एसकै नेता मेटमणी चौधरीले आफु सँग पैसा नभएकै कारण मन्त्री बन्न नपाएको भन्दै हल्ला गर्दै हिँडे पछि एसले उक्त कुरा साँचो नभएको बताएको छ । सबै मन्त्रीहरु सामुहिक निर्णयका आधारमा नियुक्ती गरिएको भन्दै एसका महासचिव बेदुराम भुषालले डिफेन्स गरेका छन् ।
महासचिव डा वेदुराम भुसालले पार्टीले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई नै मन्त्री बनाएको बताउँदै यसलाई विवादित भन्नु उचित नहुने दाबी गरेका छन् । विगतमा पुष्टि नहुने कुनै आरोप लाग्यो भन्दैमा जिम्मेवारी नदिने भन्ने नहुने उनको जिकिर छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव डा। भुसालले भने, “माधवकुमार नेपालले गोजीबाट निकालेर मन्त्री बनाउनुभएको होइन । बकाइदा ११ सदस्यीय केन्द्रीय सचिवालयले निर्णय गरेको हो ।
त्यसैले त्यसमा कुनै कमी कमजोरी छ भने सामूहिक जिम्मेवारी लिनुपर्छ । पक्कै पनि हामीले धेरै जनालाई पठाउन सकेका छैनौं । कतिपय कामको मूल्यांकन गरेर मन्त्री बनाएका हौं ।
विद्रोहको अग्रपंक्तिमा रहेका साथीहरु पार्टी निर्माणमै लागौं भन्ने कुरा छ । मन्त्री भएका सबै जना जनताबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । यसलाई विवादित भन्नु बेकार हो ।”
एमालेको बदमासीले बाग्मती प्रदेशमा दसैं अगाडि मुख्यमन्त्री बन्न नसकेको उनले आरोप लगाए । उनले भने, “संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हो ।
बहुमत गुमाइसकेको अवस्थामा कति दिन टिक्छन् रु सभामुखले कात्तिक ४ गते बैठक राखेर संविधानविपरीत काम गरेका छन् ।” बाग्मती र प्रदेश १ मा एकीकृत समाजवादीको मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनमा सहमति भइसकेको दाबी गरे ।
महासचिव डा। भुसालले गजेन्द्र हमाल कांग्रेसको कोटा मन्त्री भएको बताउँदै प्रधानन्यायाधीशको सिफारिसमा बनाएको हो कि होइन भन्ने कुरा प्रधानमन्त्रीलाई नै सोध्नुपर्ने बताए । उनले थपे, “यसबारे हामी कुनै जानकारी राख्दैनौं ।
प्रधानन्यायाधीशले हामीसँग भाग खोजेको होइन, खोजे पनि प्रधानमन्त्रीसँग खोज्नुभएको होला । गजेन्द्र हमालले कांग्रेसको पुरानो कांग्रेस हुँ भनिरहेको अवस्थामा हामीले के अन्यथा सोच्ने ?” राजदूत नियुक्तिमा भागबन्डा हुनु स्वाभाविक भएको उनको कथन छ ।
उनले भने, “गठबन्धन भनेकै भागबन्डा त हो नि ।” रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको घटना दुःखद रहेको भन्दै उनले घटनाको छानबिन हुनुपर्ने बताए ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।