कर्णालीका मुख्यमन्त्रीको पद चैट, उनको ठाउमा को बन्दै छन् मुख्यमन्त्रि ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आगामी कार्तिक ५ गते पदबाट राजीनामा दिने भएका छन् ।

नेपाली कांग्रेससँगको भद्र सहमतिअनुसार उनले पदबाट राजीनामा दिने भएका हुन् । शाहीले राजीनामा दिएपछि कांग्रेसका कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।

यसअघि मुख्यमन्त्री शाहीको सरकारलाई कांग्रेसले विश्वासको मत दिएर जोगाएको थियो । त्यतिबेला नै कांग्रेस र माओवादी केन्द्रबीच सरकारमा आलोपालो गर्ने सहमति बनेको थियो ।

२०७८ बैशाख २ गते कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूह (तत्कालिन एमाले) बीच ११ बुँदे सहमति भएको बताईएको छ । त्यतिवेला तीन दलबीच मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने ६ महिनापछि सरकारको नेतृत्व कांग्रेसले गर्ने नै मूल सहमति भएको थियो ।

सोहीअनुसार आगामी कार्तिक ५ गते नै आफूले राजीनामा दिन लागेको मुख्यमन्त्री शाहीले पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनले त्यसपछि सरकारको नेतृत्व जीवनबहादुर शाहीले गर्ने पनि जानकारी दिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 94
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    94
    Shares

प्रतिक्रिया दिनुहोस !