गोपालमान श्रेष्ठको टिप्पणी: अब राजसंस्था फर्कने सपना पनि नदेखे हुन्छ !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले नेपालमा अब राजसंस्था फर्कने कल्पना नगरे हुन्छ भन्ने टिप्पणी गरेका छन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिनु एउटा कुरा भएको तर नेपालमा राजसंस्था फर्कने सपना नदेखे हुन्छ भनेका छन् । उनले आफू सुरुदेखि नै जनताको पक्षमा बोल्दै आएको सुनाएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई राहत दिनेगरि कदम चाल्न पनि आग्रह गरेका छन् । उनले आफूले प्रधानमन्त्री देउवालाई साथ दिँदै आएको सुनाए।

र, अब आगामी दिनमा आफूलाई पनि सभापतिमा सघाउनुपर्नेमा जोड दिए । उनले आफू नै देउवाको नेचुरल उत्तराधिकारी रहेको सुनाए ।

उनले आगामी १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेद्धवारी रहेको सुनाए । र, सभापतिमा देउवाले आफूलाई अघि सार्ने उनले जनाए ।

उनले आफ्नो उम्मेद्धवारी तय भएसँगै सबै नेतालाई व्यवस्थापन गरेर अघि बढ्ने पनि विश्वास दिलाए । उनले देउवाले उम्मेद्धवारी दिए त्यो दुर्भाग्यपूर्ण हुने पनि जनाए ।

उनले आफूलाई सभापतिमा देउवाले सघाउनेमा आफू विश्वस्त रहेको सुनाए । उनले आफू नै सभापति देउवाको विश्वासपात्र भएको पनि सुनाए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 776
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    776
    Shares

प्रतिक्रिया दिनुहोस !