दोश्रो पटक एमाले फुट्दै, घनश्याम भुषालले बनाएको गोप्य योजना बालकोट पुग्यो !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा एमाले दोश्रो पटक फुट्ने भएको छ । लामो समयको विवाद पछि फेरी तंग्रिन लागेको नेकपा एमालेमा नेताहरुको व्यवस्थापन गर्न नसक्दा दोश्रो पुस्ताका नेताहरुले फुटाउने भएका हुन् ।

त्यसका लागि अदृश्य शक्तिपनि लागि परेको छ । अघिल्लो पटक माधव कुमार नेपाललाई प्रयोग गर्दा भने जस्तो गरि एमाले फुटाउँन नसकेर छट्पटिएका शक्तीहरुले यस पटक घनश्याम भुषाललाई प्रयोग गरेर एमाले फुटाटँने षड्यन्त्र सुरु भएको एमालेजनको बुझाइ रहेको छ ।

माधव नेपालसँग लामो समयसँगै रहेका घनश्याम भुषाल, भिम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका दसभाई नेताहरु अन्तिममा एमाले विभाजनबाट व्याक भएका थिए र एमालेमै बसेका थिए । अहिले दस भाई भन्ने ब्राण्ड नै भएको छ ।

एमालेले हालै सम्पन्न गरेको विधान महाधिवेशनले एमाले अध्यक्ष केपी ओलीलाई झनै शक्तिशाली बनाएको र अब एमाले थप एकतावद्ध बनेर आउँने र देशव्यापी रुपमा एमालेकै लहर चल्ने निष्कर्ष निकालेर एमालेलाई फेरी कसरी फुटाउने भनेर खाका बनाउँन थालिएका बताइन्छ ।

विधान महाधिवेशनमा चुइक्क बोल्न नसकेका एमाले उपमहासचिव घनश्याम भुषाल महाधिवेन सकिना साथ जबजको सान्दर्भिकता सकिएको भन्दै मंसिरमा हुने एमाले महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा प्रतिष्पर्धा गर्ने भन्दै हिँडेका छन् ।

विधान महाधिवेशाले एमालेले आगामी पाँच बर्ष तय गर्ने बाटो तय गरिसकेको छ । अब हुने महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने छ। जसको नीती उसको नेतृत्वको वकालत गरेर नथाक्ने भुषालहरुले फेरी ओलीको नीतिमा एमाले अघि बढ्दा चुनौती दिन थालेका छन् ।

एमाले अध्यक्षका दावेदार मानिएका महासचिव इश्वर पोखरेले अध्यक्ष ओलीलाई अप्ठेरो पर्ने गरि आफूले कुनै पदमा पनि उमेदवारी नदिने प्रष्ट पारीसकेका छन् । यो बेला देश नै एक तिर ओली र अर्को तिर अरु जस्तो भएको बेलामा नेतृत्वलाई अप्ठेरो नपार्ने पोखरेलले बताएका छन् ।

अहिले सम्म ओली सँग चुनाव लड्छु भन्ने आँट कसैले गर्न नसकेको अवस्थामा पार्टी विभाजन बाट माथी उठिरहेको बेलामा ओली माथी मात्रै होइन एमालेको मार्गदर्शक सिद्धान्त जबज माथीनै चुनौती दिने साहस भुषालले कसरी गरिरहेका छन् भन्ने प्रश्न एमालेजनले गरिरहेका छन् ।

एमाले ओलीकै नेतृत्वमा अझ एकतावद्ध भएर अघि बढ्ने भए पछि भुषालहरुलाई प्रयोग गरेर चुनाव अघिनै एमाले फुटाउँने चलखेल भइरहेको कतिपयको विश्लेषण रहेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 801
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    801
    Shares

प्रतिक्रिया दिनुहोस !