महिला भएकै कारण सीडीओलाई आर्मीले पुजा गर्न दिएन्, गो’ली हान्ने र अ’प’ह’रण गर्ने ध’म्की !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – बडादशैंको नवमीका दिन सेनाले भगवतीको पूजा गरी बलि चढाउने गर्छ। यसलाई सुरक्षा निकायमा मौलो पूजा भनिन्छ। हरेक जिल्लामा यो पूजाको आरम्भ प्रमुख जिल्ला अधिकारीले फूलपाती चढाएर गर्ने परम्परा छ।

“सीडीओ भएकीले मलाई पनि आर्मीको ब्यारेकमा हुने मौलो पूजामा बोलाए। तर, महिलाले पूजा गर्न हुन्छ कि हुँदैन भनेर ठूलो विवाद नै भयो। अन्तिममा महिलाले मौलो पूजा गर्न हुँदैन भनेर रोके,” केसी भन्छिन्, “महिला सीडीओ भएकै कारण मलाई मौलो पूजा गर्न दिइएन।”

उनले त्यहाँ प्रतिवाद पनि गरेकी थिइन्। सेनाको ब्यारेकमा ठूलै चर्काचर्की पनि भयो। “ज्यानको बाजी थापेर पनि जिल्लाबासीको सुरक्षाका लागि अनेक जोखिम मोलें।

गो’ली हान्ने र अ’प’ह’रण गर्ने ध’म्की’सँग पनि ड’रा’इ’नँ,” उनी त्यो साँझ सम्झिन्छिन्, “तर, धर्मको नाममा अन्धविश्वास मान्नेहरूले महिला भएकै कारण विभेद गरे।”

दशैं लगायत थुप्रै चाडपर्वमा महिलालाई विभेद गर्ने, दबाउने गरिएको उनी बताउँछिन्। अझ तराई–मधेशमा घुम्टो पनि उघार्न नदिई पर्वहरू मनाउन लगाउने गरिन्छ। त्यो अझै पनि कायम छ।

“कसैले भनून् वा नभनून्, महिलाले त्यस वेला आत्मसम्मान गुमाएका हुन्छन्,” उनी भन्छिन्, “अझ दशैं त दुर्गा भवानीको पूजा गर्ने पर्व हो, तर महिलालाई भने अझै पनि अपमान र घृणा गरिन्छ।”

कुनै पनि चाडपर्वले ल्याउने खुशीमा महिला-पुरुष वा तेस्रोलिङ्गी समान रूपले भागीदार हुन पाउनुपर्ने उनी बताउँछिन्। धर्मका नाममा अन्धविश्वासमा रमाउन नहुने उनको भनाइ छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 228
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    228
    Shares

प्रतिक्रिया दिनुहोस !