भोलि टिका आज दिनेश डिसीलाइ ठुलो ब’ज्रपात (भिडियो)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

रेडियो कान्तिपुरको स्टेशन म्यानेजर तथा कलाकार, निर्माता,बरिष्ट संचारकर्मी दिनेश डिसीको पिताको निधन भएको छ । पिता गोविन्द बहादुर दहालको निधन भएको खबर बिभिन्न सामाजिक संजालमा सार्वजनिक भएको छ ।

दिनेस डिसी आफैले पनि आफ्नो पिताको निधन भएको पुष्टी गरिसकेका छन् । दशैको बेला के कति कारणले निधन भयो भन्ने बारेमा अहिले सम्म खुलेको छैन ।

उनको निधन पछि एमालेका नेता इश्वर पोख्रेलले पिता गोविन्द बहादुर दहाललाइ श्रद्धाञ्जली दिदै गरेको तस्विर पनि उनले आफ्नै फेसबुकमा सार्वजनिक गरेका छन् । उनले आफ्ना आफन्त र शुभचिन्तकलाइ आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने जानकारी पनि दिएका छन् ।

स्थापना कालदेखि नै रेडियो कान्तिपुरमा आवद्ध डिसी ‘आवाजको दुनियाको साथी’ नामले चर्चित छन् । पछिल्लो समय उनले रेडियोमा ‘घुम्ने मेच’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए । कलाकार, लेखक,निर्माता, निर्देशक डिसी बहुमुखी प्रतिभाको धनी हुन् ।

केही वर्ष चलचित्र निर्देशन र टेलिभिजनमा सक्रिय डिसी विगत केहि बर्ष वर्षदेखि रेडियो कान्तिपुरमा कार्यरत छन् । उनि चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका सल्लाहाकार समेत हुन् ।

हेर्नुहोस भिडियो

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 143
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    143
    Shares

प्रतिक्रिया दिनुहोस !