कांग्रेसका यी बरिष्ठ नेताले नै मागे प्रधानमन्त्रीको राजीनामा, कति दिन टिक्ला यो सरकार ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

बिराटनगर, नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरुले प्रधानन्यायाधीशसँग मिलेर लोकतन्त्र मास्ने अभियान चालेको बताउनु भएको छ ।

नेता कोइरालाले विराटनगर– ४ इक्राहीमा आज नोना कोइराला स्मृति प्रतिष्ठान नेपालको भवन उदघाटन गर्दै यस्तो ठोकुवा गर्नुभएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य कोइरालाले गठबन्धनका नेता र प्रधानन्यायाधीश मिलेर मन्त्री नियुक्त गर्नु नै लोकतन्त्र मास्ने बाटो भएको बताउनु भयो । ‘

प्रधानमन्त्री र प्रधानन्यायाधीशको गठबन्धनले लोकतन्त्र मास्ने काम गरिरहेको छ, गठबन्धन र प्रधानन्यायाधीश मिलेर मन्त्री नियुक्त गर्नु लोकतन्त्र मास्ने काम नै हो,’ कोइरालाले भन्नुभयो ।

उद्योग वाणिज्य तथा आपूति मन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री नियुक्तको विवादमा नैतिकता प्रस्तुत गर्दै राजिनामा दिए झैं कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाले पनि नैतिकता देखाउनु पर्ने कोइरालाको भनाई छ ।

‘उद्योगमन्त्रीले जसरी नैतिकता देखाएर राजीनामा दिनुभएको छ, प्रधानमन्त्रीले पनि त्यो नैतिकता देखाउनु पर्छ,’ कोइरालाले भन्नुभयो ।

यस्तै-बडादशैंको नवमीका दिन सेनाले भगवतीको पूजा गरी बलि चढाउने गर्छ। यसलाई सुरक्षा निकायमा मौलो पूजा भनिन्छ। हरेक जिल्लामा यो पूजाको आरम्भ प्रमुख जिल्ला अधिकारीले फूलपाती चढाएर गर्ने परम्परा छ।

“सीडीओ भएकीले मलाई पनि आर्मीको ब्यारेकमा हुने मौलो पूजामा बोलाए। तर, महिलाले पूजा गर्न हुन्छ कि हुँदैन भनेर ठूलो विवाद नै भयो। अन्तिममा महिलाले मौलो पूजा गर्न हुँदैन भनेर रोके,” केसी भन्छिन्, “महिला सीडीओ भएकै कारण मलाई मौलो पूजा गर्न दिइएन।”

उनले त्यहाँ प्रतिवाद पनि गरेकी थिइन्। सेनाको ब्यारेकमा ठूलै चर्काचर्की पनि भयो। “ज्यानको बाजी थापेर पनि जिल्लाबासीको सुरक्षाका लागि अनेक जोखिम मोलें।

गो’ली हान्ने र अ’प’ह’रण गर्ने ध’म्की’सँग पनि ड’रा’इ’नँ,” उनी त्यो साँझ सम्झिन्छिन्, “तर, धर्मको नाममा अन्धविश्वास मान्नेहरूले महिला भएकै कारण विभेद गरे।”

दशैं लगायत थुप्रै चाडपर्वमा महिलालाई विभेद गर्ने, दबाउने गरिएको उनी बताउँछिन्। अझ तराई–मधेशमा घुम्टो पनि उघार्न नदिई पर्वहरू मनाउन लगाउने गरिन्छ। त्यो अझै पनि कायम छ।

“कसैले भनून् वा नभनून्, महिलाले त्यस वेला आत्मसम्मान गुमाएका हुन्छन्,” उनी भन्छिन्, “अझ दशैं त दुर्गा भवानीको पूजा गर्ने पर्व हो, तर महिलालाई भने अझै पनि अपमान र घृणा गरिन्छ।”

कुनै पनि चाडपर्वले ल्याउने खुशीमा महिला-पुरुष वा तेस्रोलिङ्गी समान रूपले भागीदार हुन पाउनुपर्ने उनी बताउँछिन्। धर्मका नाममा अन्धविश्वासमा रमाउन नहुने उनको भनाइ छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 450
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    450
    Shares

प्रतिक्रिया दिनुहोस !