नेकपा(एस)मा पहिरो, मेटमणी चौधरीले कठोर कदम चाल्दै, तनाबमा अध्यक्ष नेपाल !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं, नेकपा एकीकृत समाजवादीका अध्यक्ष मेटमणी चौधरीले कठोर कदम चाल्न लागेको खबर छ । उनले नेकपा एस पार्टी छोड्न सक्ने चर्चित राजनीतिक विश्लेषकहरु बताउन थालेका हुन् ।

नेकपा एमाले अध्यक्ष केपी ओली विरुद्ध चर्को बोलेर चर्चामा आएका उनले अहिले नेकपा एसका अध्यक्ष माधव नेपाल विरुद्ध बोल्दै हिँडेका हु्न् ।

तीन महिना सम्म पनि मन्त्रीको सपना दखेर दंग परेका चौधरी अन्तिममा मनको लड्डु घिउ सँग खाए जस्तो मात्रै भए पछि नमज्जा सँग जिल खाएका छन् । अहिले चौधरी आफुसँग पैसा नभएका कारण मन्त्री बन्न पाइन भन्दै रुवाबासी गरेर हिड्न थालेका छन् ।

हिजो ओली विरुद्ध चर्को रुपमा बोल्ने चौधरी आज केहि नरम बन्दै गएका छन् र आफु सँग पैसै नभएका कारण मन्त्री बन्न नपाएको भन्दै हिँडेका छन् । उनीमा मन्त्री बन्ने कति ठूलो आकांक्षा रहेछ भन्ने कुरा उनका पछिल्ला अभिव्यक्तीहरुले पुष्टि गरको छ ।

पदकै लागी एमाले फुटाएर माधव नेपालले नेकपा एस बनाएको आरोप लगीरहँदा मेटमणीका पछिल्ला अभिव्यक्तीले त्यो कुरालाई पुष्टि गरेको छ । अन्तिममा आएर मन्त्री बन्न बाट रोकिएका चौधरी भित्र भित्रै माधव नेपाल सँग फायर भएको बताइन्छ ।

एमाले फुटेको छ अब एस पार्टीमै रहँदा चुनाव पनि जित्न नसकिने र एसमै बस्दा पनि गाँठवालाहरुको मात्रै रगजगी चल्ने भएपछि अब के गर्ने भनेर निकटस्थहरु सँग छलफल थालेका छन् ।

मनमा लागेको कुरा जो सुकै रिसाओस या खुसाओस् प्रष्ट भन्ने बाँनी चौधरीमा रहेको छ। माधव नेपालको पछि लाग्दा लाभ पनि नमिल्ने र आगामी चुनाव पछि एस पार्टीको नाम निसाना बाँकी नरहने हुनाले मन्त्री बन्ने सपना सधैका लागी समाप्त हुने हिसाब किताब निकालेर कुनै महत्वपुर्ण स्टेप चाल्न परे पनि तयार हुने मुडमा चौधी रहेको बताइन्छ ।

माधव नेपाल सँग औधी रिसाएका मेटमणी चौधरी के एमालेमै फर्कन्छन् त भन्ने चर्चा पनि राजनितिक वृतमा चल्न थालेको छ । राजनिती विश्लेषक डा सुरेन्द्र कसी पनि चौधरी एमालेमै फर्कन सक्ने सम्भावनालाई नकार्न सक्दैनन् ।

यस्तै, नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरुले प्रधानन्यायाधीशसँग मिलेर लोकतन्त्र मास्ने अभियान चालेको बताउनु भएको छ ।

नेता कोइरालाले विराटनगर– ४ इक्राहीमा आज नोना कोइराला स्मृति प्रतिष्ठान नेपालको भवन उदघाटन गर्दै यस्तो ठोकुवा गर्नुभएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य कोइरालाले गठबन्धनका नेता र प्रधानन्यायाधीश मिलेर मन्त्री नियुक्त गर्नु नै लोकतन्त्र मास्ने बाटो भएको बताउनु भयो । ‘

प्रधानमन्त्री र प्रधानन्यायाधीशको गठबन्धनले लोकतन्त्र मास्ने काम गरिरहेको छ, गठबन्धन र प्रधानन्यायाधीश मिलेर मन्त्री नियुक्त गर्नु लोकतन्त्र मास्ने काम नै हो,’ कोइरालाले भन्नुभयो ।

उद्योग वाणिज्य तथा आपूति मन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री नियुक्तको विवादमा नैतिकता प्रस्तुत गर्दै राजिनामा दिए झैं कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाले पनि नैतिकता देखाउनु पर्ने कोइरालाको भनाई छ ।

‘उद्योगमन्त्रीले जसरी नैतिकता देखाएर राजीनामा दिनुभएको छ, प्रधानमन्त्रीले पनि त्यो नैतिकता देखाउनु पर्छ,’ कोइरालाले भन्नुभयो ।

यस्तै-बडादशैंको नवमीका दिन सेनाले भगवतीको पूजा गरी बलि चढाउने गर्छ। यसलाई सुरक्षा निकायमा मौलो पूजा भनिन्छ। हरेक जिल्लामा यो पूजाको आरम्भ प्रमुख जिल्ला अधिकारीले फूलपाती चढाएर गर्ने परम्परा छ।

“सीडीओ भएकीले मलाई पनि आर्मीको ब्यारेकमा हुने मौलो पूजामा बोलाए। तर, महिलाले पूजा गर्न हुन्छ कि हुँदैन भनेर ठूलो विवाद नै भयो। अन्तिममा महिलाले मौलो पूजा गर्न हुँदैन भनेर रोके,” केसी भन्छिन्, “महिला सीडीओ भएकै कारण मलाई मौलो पूजा गर्न दिइएन।”

उनले त्यहाँ प्रतिवाद पनि गरेकी थिइन्। सेनाको ब्यारेकमा ठूलै चर्काचर्की पनि भयो। “ज्यानको बाजी थापेर पनि जिल्लाबासीको सुरक्षाका लागि अनेक जोखिम मोलें।

गो’ली हान्ने र अ’प’ह’रण गर्ने ध’म्की’सँग पनि ड’रा’इ’नँ,” उनी त्यो साँझ सम्झिन्छिन्, “तर, धर्मको नाममा अन्धविश्वास मान्नेहरूले महिला भएकै कारण विभेद गरे।”

दशैं लगायत थुप्रै चाडपर्वमा महिलालाई विभेद गर्ने, दबाउने गरिएको उनी बताउँछिन्। अझ तराई–मधेशमा घुम्टो पनि उघार्न नदिई पर्वहरू मनाउन लगाउने गरिन्छ। त्यो अझै पनि कायम छ।

“कसैले भनून् वा नभनून्, महिलाले त्यस वेला आत्मसम्मान गुमाएका हुन्छन्,” उनी भन्छिन्, “अझ दशैं त दुर्गा भवानीको पूजा गर्ने पर्व हो, तर महिलालाई भने अझै पनि अपमान र घृणा गरिन्छ।”

कुनै पनि चाडपर्वले ल्याउने खुशीमा महिला-पुरुष वा तेस्रोलिङ्गी समान रूपले भागीदार हुन पाउनुपर्ने उनी बताउँछिन्। धर्मका नाममा अन्धविश्वासमा रमाउन नहुने उनको भनाइ छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 303
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    303
    Shares

प्रतिक्रिया दिनुहोस !