नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालको आक्रोस: कसले गर्यो घहुदैं नभएको कुप्रचार ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले आलोचनाकै लागि आलोचना भएको भन्दैं आक्रोश पोखेका छन् । आफूहरुले एमालेको चुनाव चिह्नका कारण निर्वाचन जित्न सहज हुने भएर सोही पार्टीमा रहेको भन्दै हुने आलोचनालाई खण्डन गरेका हुन्।

आइतबार पत्रकारहरुसँगको एउटा छलफलमा उनले आफूहरु सुरुदेखि नै एमाले विभाजनको पक्षमा नरहेको बताए। घनश्याम भुसालले सूर्य चिह्नकै लागि माधव नेपाललाई छाडेको भनेर हुदैं नभएको कुरा भाइरल भएको भन्दैं रो प्रकट गरेका छन् ।

‘चुनावदेखि चुनावसम्म भनेर हामीले माधव नेपाललाई छोडेको होइन। चुनावका लागि वा चुनाव चिह्नको कारणले जित्न सकिन्छ भन्ने स्वार्थले पनि एमालेमै रहेको होइन। हामी सुरुआतदेखि नै एमाले विभाजन हुनुपर्छ भन्ने पक्षमा थिएनौं,’ उनले भने, ‘हामीलाई कुप्रचार गरिएको हो।’

उनले २०७७ चैत ४ र ५ मा भएको राष्ट्रिय कार्यकर्ता भेलामा पनि आफूहरुले ‘विभाजन पनि होइन, आत्मसमर्पण पनि होइन’ भनेको उनले स्मरण गरे।

‘तर त्यहाँ विभाजन गर्नुपर्छ भन्ने साथीहरू पनि हुनुहुन्थ्यो। हामीले एमालेमा नै रहेर गर्नुपर्छ भन्यौं,’ उनले भने, ‘माधव नेपालले बैठकको निर्णय उल्लंघन गरेर जानुभएको हो। हामी गएनौं।’

भुसालले वाम आन्दोलनको निर्णायक शक्ति एमाले नै भएको बताए। एमालेलाई सुधारेर अघि बढेमा सत्ता गठबन्धनले केही गर्न नसक्ने बताए।

भुसालले जबज भनेको चुनाव जित्नका लागि मात्रै भइरहेको बताए। ‘नेपालको कम्युनिस्ट आन्दोलन २०६२÷०६३ देखि नै गोलचक्करमा फसेको थियो,’ उनको भनाइ छ, ‘एउटा चुनाव जित्ने, फेरि अर्को चुनाव गर्ने। जनप्रतिनिधिले पद पाउने, पैसा कमाउने र ठूलो पद पाउने।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 479
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    479
    Shares

प्रतिक्रिया दिनुहोस !