जसपाकी चर्चित नेत्रृ माओवादीमा प्रबेश गर्दै, तनाबमा बाबुराम र उपेन्द्र !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – जनता समाजवादी अध्यक्षद्वय यपेन्द्र यादव र बाबुराम भट्टराईलाई झट्का लागेको छ । चर्चित नेतृ नेकपा माओवादीमा प्रबेश गर्न लागेपछि उनीहरुलाई झट्का लागेको हो ।

पूर्वसांसद एबम् जनता समाजवादी पार्टीकी कार्यकारणी सदस्य सरीता गिरी नेकपा मओवादी केन्द्रमा प्रबेश गर्ने भएकी हुन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालीकै इमान्दार नेता रहेकाले माओवादीमा प्रबेश गर्न लागेको संकेत गरेकी हुन् ।

नेपालको नक्सामा कालापानी लगायतका भूमि समावेश गर्दा विरोध जनाएर सांसद पद गुमाएकी गिरीले नेपालका अन्य नेताहरु भन्दा प्रचण्ड इमान्दार देखिएकी बताएकी हुन्।

सांसद पद गुमाएपछि सामाजिक संजाल मार्फत आफ्ना भनाईहरु राख्न सक्रिय भएकी गिरीले फेसबुकमा एक स्ट्याटस राख्दै अरु नेताको तुलनामा प्रचण्ड नै इमान्दार रहेको बताएकी छन्।

‘अरु नेताको तुलनामा प्रचण्ड नै इमान्दार छन्।’ प्रचण्डको प्रशंसा गर्दै गिरीले लेखेकी छन् । जनयुद्धबाट आएका प्रचण्डले आफ्नो इतिहास नभुलेको र आफ्नो दायित्वबाट नभागेको गिरीको भनाई छ।

‘जनयुद्धको आफ्नो इतिहाससंग प्रचण्डले नाता तोडेका छैनन् र त्यसको दायित्वबाट पनि भागेका छैनन्।’ गिरीले प्रचण्डका बारेमा थप लेखेकी छन्। अन्य नेताहरु जस्तो प्रचण्ड आफ्नो दायित्वबाट नभागेको गिरीको बुझाई छ। उनी लेख्छिन्, ‘उनी भगौडा जस्तो देखिएका छैनन्।’

भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि कालापानी सहितका भूभाग समेटेर नक्सा बनाउँदा गिरी विपक्षमा उभिएकी थिइन्। उनले कालापानी सहितका भूभाग नेपालको हो भन्ने आधार नभएको बताएकी थिइन्। साथै उनले चीनको उक्सावटमा नक्सा समेटेर संविधान संशोधन गर्न खोजेको आरोप लगाएकी थिइन्।

गिरीलाई सांसद पदबाट हटाउन संसद र सडकमा चर्को आवाज उठेको थियो। त्यसपछि उनलाई समाजवादी पार्टी नेपालले सांसद पदबाट हटाएको थियो।

गिरी केपी ओलीको कटु आलोचक मानिन्छिन्। एक पटक उनले ओलीका कारण आफ्नो पद गएको आरोप लगाएकी थिइन्। साथै उने सांसद पद बचाउन अदालतको समेत सहारा लिएकी थिइन्। जुन उनको प्रयास असफल भएको थियो।

प्रचण्डको समर्थनमा बोल्न थालेपछि उनी माओवादी केन्द्र प्रवेश गर्न लागेको चर्चा शुरु भएको छ। पार्टी विहिन भएकी गिरी माओवादी प्रवेश गर्न सक्ने धेरैको अनुमान छ। तर यस विषयमा प्रष्ट भने भैसकेको छैन।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 893
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    893
    Shares

प्रतिक्रिया दिनुहोस !