राजतन्त्र फर्किने बारे मन्त्रि रामकुमारी झाक्रीले खुलाईन यस्तो रहस्य !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिले जनता निराशा नभएको जिकिर गरेकी छिन् ।

प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यो सरकारले विस्तारै जनतामा आशा जगाउनेगरि काम गर्ने पनि विश्वास दिलाईन् ।

उनले नेपालमा अब राजतन्त्र फर्किने सम्भावना नरहेको पनि दाबी गरिन् । उनले नेपालमा गणतन्त्रलाई कुनै खतरा नभएको पनि जिकिर गरिन् । उनले जनताले अब फेरि राजा फर्काउने काम नगर्ने भन्दै राजासहितको लोकतन्त्र असम्भव भएको स्पष्ट पारिन् ।

अब राजतन्त्रको आवश्यकता छैनः डा.सुन्दरमणि दिक्षित

नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा। सुन्दरमणि दिक्षितले आफू हिन्दूराष्टको पक्षमा नभएको जिकिर गरेका छन् । आफू हिन्दू भएको चाहीँ उनले सुनाए ।

प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।हिजो नेपाल हिन्दूराष्ट हुँदाको पशुपति र आजको पशुपतिमा धेरै फरक रहेको भन्दै आजको पशुपति धेरै राम्रो भएको उनको भनाई छ ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धर्मसँग जोड्न नहुने टिप्पणी गरेका छन् । आफूले सधैं मर्निक वाक गर्ने गरेको र यो अनन्तको यात्रासँग जोडिएको पनि दिक्षितले सुनाए ।

ज्ञानेन्द्र शाहले राजाबिनाको प्रजातन्त्र र प्रजातन्त्रबिनाको राजसंस्था नेपालमा सान्दर्भिक नभएको भनेर दिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाए । उनले आफू ज्ञानेन्द्रको पक्षमा उभिनै नसक्नेपनि जिकिर गरे ।

ज्ञानेन्द्रले नेपालमा कु गरेकोले उनको पक्षमा आफू उभिनै नसक्ने पनि दाबी गरे । उनले आफूले अब ज्ञानेन्द्र आउ भनेर भन्न नसक्ने पनि सुनाए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 122
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    122
    Shares

प्रतिक्रिया दिनुहोस !