सधैका लागि अ’स्थाए साझा पार्टी यी बरिष्ठ नेता !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

साझा पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार बनेका रमेश महर्जनको नि’धन भएको छ । को,रो,ना भाइ,रसको सं,क्र,मितबाट उनको नि,धन भएको विवेकशील साझा पार्टीका केन्द्रीय सञ्चार विभागका सदस्य उद्धवराज भेटवालले जानकारी दिए ।

महर्जनको निधन प्रति दु:ख व्यक्त गर्दै विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘को,भि,डका कारण अर्का एक भलाद्मि व्यक्तित्वले संसार छो,ड्नु भएको खबरले निःशब्द छु। रमेश जी को परिवार, आफन्त, मित्रजन सबैमा गहिरो समवेदना प्रकट गर्दछु।’

दुईवटा प्रदेशमा यसै साता मुख्यमन्त्री फेरिने भएका छन् । बागमती र प्रदेश १ मा अल्पमतमा परेका मुख्यमन्त्री फेरिने भएका हुन् । नेकपा एमाले विभाजनपछि दुवै प्रदेशका मुख्यमन्त्री अल्पमतमा परेका छन् ।

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् । कार्तिक ४ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतदान प्रक्रिया अघि बढाइने छ ।

यस्तै, प्रदेश १ प्रदेशसभाको बैठक कार्तिक ५ गते शुक्रबारका लागि आह्वान गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

सत्तारुढ दल विभाजन भएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण दुवै प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिन बाध्य भएका हुन् ।

बागमती प्रदेशमा यस्तो छ समीकरण

बागमती प्रदेशमा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा परेको छ । १०९ सदस्यीय प्रदेशसभामा एमालेसँग ४३ सांसदमात्र छन् । बहुमतका लागि कम्तीमा ५५ सांसदको समर्थन आवश्यक हुन्छ ।

तर, २३ सांसद रहेको नेकपा माओवादी केन्द्र, २२ सांसद रहेको नेपाली काँग्रेस र १३ सांसद रहेको नेकपा एकीकृत समाजवादीसहितका पार्टीले प्रदेशमा पनि केन्द्रकै गठबन्धनलाई निरन्तरता दिएका छन् । जसले गर्दा प्रदेशसभामा यी तीन दलका ५८ सांसद हुन्छन् । यो संख्या प्रदेशसभाको पूर्ण बहुमत हो ।

बागमती प्रदेशसभामा विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ र जसपा नेपालका एक सांसद छन् । जसपा पनि काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनमा सामेल छ । त्यसैले मुख्यमन्त्री शाक्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने आधार देखिँदैन ।

प्रदेश १ मा पनि मुख्यमन्त्री अल्पमतमा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने आधार देखिँदैन । ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक हुन्छ । तर सत्तारुढ दल नेकपा एमालेसँग ४१ सांसदमात्र छन् ।

अर्कोतिर विपक्षी गठबन्धनमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १० र जसपा ३ सांसद छन् । विपक्षी गठबन्धनसँग ४९ सांसद भएका कारण प्रदेश १ का मुख्यमन्त्री आचार्यले पनि विश्वासको मत हासिल गर्न असम्भव देखिएको हो । प्रदेशसभामा राप्रपाका एक, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 85
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    85
    Shares

प्रतिक्रिया दिनुहोस !