बैठकमै केपी ओली र भीम रावल बिच भ’नाभ’न !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ ।

बैठकमा उपाध्यक्ष रावललले पूर्वसमझदारी अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएपछि ओलीले हस्तक्षेप गरेका थिए ।अध्यक्ष ओलीले काम गर्न सक्दिन भनेर राजीनामा दिएपछि १० बुँदेको औचित्य सकिएको बताएका थिए ।

‘तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ ?,’ बैठकमा ओलीले भने, ‘अब राजीनामा दिएपछि कार्यदल पनि सकियो, १० बुँदेको उपदेयता पनि सकियो ।

किन कार्यदल चाहियो । तपाईंले राजीनामा दिएपछि कार्यदल नै सकियो ।’ अध्यक्ष ओलीले पार्टीको समस्याका विषयमा पार्टीका कमिटीहरुमै छलफल हुने बताए । जवाफमा रावलले आफूले नसकेर राजीनामा दिएको नभई आफ्नो कुरा कार्यान्वयन नभएपछि राजीनामा दिएको बताएका थिए ।

रावल र ओलीका बीचमा भनाभन चर्किएपछि स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य र अमृतकुमार बोहराले उनीहरुलाई रोकेका थिए ।केन्द्रीय कमिटी सदस्यहरुले पनि स्थायी कमिटीको समस्या स्थायी कमिटीमै मिलाउनुपर्ने बताएपछि उनीहरुको विवाद रोकिएको थियो ।

एमालेमा २ केन्द्रीय सदस्य थपेकोमा भीम रावलको आपत्ति

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केन्द्रीय कमिटीमा सदस्य थपिएकोमा आपत्ति जनाएका छन् । एमाले केन्द्रीय कमिटीको बैठकमा रावलले केन्द्रीय कमिटीमा दुई जना सदस्य थपिएकोमा आपत्ति जनाएका हुन् ।

शुक्रबारको केन्द्रीय कमिटी बैठकमा कुन्दन कुशवाह र मोहम्मद समीरले सपथ लिएका छन् । प्रभु साह निकट दुवै जना हालै मात्र केन्द्रीय समितिमा मनोनित भएका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 85
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    85
    Shares

प्रतिक्रिया दिनुहोस !