भिम रावललाई थर्काए ओलीले: नसकेर राजीनामा दिने, अब के को कार्यदल ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच शुक्रबारको केन्द्रीय कमिटी बैठकमा भनाभन भएको छ । १० बुँदे सहमतिको प्रसंगमा ओली र रावलबीच भनाभन भएको एक केन्द्रीय सदस्यले बताए ।

रावलले १० बुँदेका विषयमा आफ्ना कुरा राखेपछि ओलीले कार्यदलबाट नसकेर राजीनामा दिएको आरोप लगाएका थिए । ओलीले कार्यदल भङ्ग भएको घोषणा गरेको ती सदस्यले बताए ।

“तपाईंले सक्नुभएन राजीनामा दिनुभयो । मलाई के दोष दिनुहुन्छ ? तपाईंले गर्न नसकेर राजीनामा दिएपछि केको कार्यदल ? अब कार्यदल रहेन । अब जहाँ जहाँ समस्या छ । अब कमिटीले समाधान गर्छ,” उनले भने ।

रावलले ओलीलाई बोल्दा बोल्दाबोल्दै आफूले नसकेर राजीनामा नदिएको भन्दै जवाफ दिए । उनले अझै बोल्न खोजेपछि अरू नेताहरूले अध्यक्षलाई बोल्न दिन आग्रह गरेका थिए । १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक रहेका रावलले केही दिनअघि राजीनामा दिएका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 79
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    79
    Shares

प्रतिक्रिया दिनुहोस !