देशमा अर्ली इलेक्सन हुन लागेको हो? माधव नेपालले खोले यस्तो रहस्य !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – देशमा अर्ली इलेक्सनको बारेमा बहस हुन लागेको लामै समय भएको छ । विशेषगरी नेकपा एमालेले यो मुद्धालाई जोडतोडका साथ उठाएको छ ।

तर सत्तारुढ गठबन्धनले एमालेको यो मुद्धालाई सत्ताबाट बर्हिगमन पछिको आबेग भनेको छ । निर्वाचन आयोगले पनि अर्ली इलेक्सन वा तीनै तहको निर्वाचन एकैचोटी गर्ने कुरा कानुनसम्मत नभएको बताउने गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड), कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनको पक्षमा भएपनि नैतिकताको लागि निर्वाचन गर्न नहुने पक्षमा छन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद विघटन गर्दा पनि सर्वोच्चले बदर गरिदिएको भन्दै अहिले चुनावमा गए ओली ठिक रहेको अर्थ लाग्ने भन्दै उनीहरु निर्वाचनको पक्षमा छैनन् ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सनबारे मुख खोलेका छन् । उनले मुलुक अर्ली इलेक्सनमा जान जरुरी नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

समय अगावैको चुनाव अर्लि इलेक्सन गर्नुको कुनै आवश्यकता नरहेको भन्दै उनले स्थानीय, प्रदेश र संघीय संसदको चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिएका हुन् ।

गत साता समय अगावै चुनाव गर्नेबारे सत्ता गठबन्धन दलहरुबीच छलफल भएको हो भन्ने सम्बन्धमा सोधिएको जिज्ञासामा उनले ‘होइन’ भनेका छन् । अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने जिकिर गरेका छन् ।

अध्यक्ष नेपालले भने, ‘अर्ली इलेक्सनका सम्बन्धमा सत्ता साझेदार दलहरुबीच कुनै छलफल भएको छैन ।’ अन्य पार्टीसँग आफ्नो दलको एकता गर्नेबारे चलाइएको हल्लाको पनि उनले आधारहीन भनेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 63
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    63
    Shares

प्रतिक्रिया दिनुहोस !