कर्णालीबाटै फुट्ने भयो गठबन्धन, राजनीतिमा उथलपुथल हुने संकेत !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – कर्णाली प्रदेश राष्ट्रिय राजनीतिमा संधैभरी चर्चामा आइरहन्छ । मुख्यमन्त्री परिवर्तनका विषयलाई लिएर तत्काल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई चिरा भयो । फछि नेकपा (एमाले) पनि फुट्यो ।

अहिले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार नेपाली कांग्रेसको टेकोमा अडिएको छ । छ महिनाअघि नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति पछि महेन्द्र बहादुर शाहीको सत्ता जोगिएको थियो ।

अहिले ६ महिनाअघि भएको भद्र सहमति कार्यान्वयनमा नेकपा माओवादी केन्द्रले अटेरी गरेको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले सत्ता नछोड्ने अडान राखेका छन् ।

शाहीले मुख्यमन्त्रीमा राजीनामा नदिने भएपछि वेटिङ मुख्यमन्त्री मानिएका नेपाली काँग्रेसका जीवनबहादुर शाहीलाई धक्का लागेको हो । सत्ता नछोड्ने भएपछि सत्तारुढ गठबन्धनमा समेत हलचल ल्याएको छ ।

विश्वस्त स्रोतका अनुसार कर्णालीको साटो माओवादी सुदूरपश्चिममा मुख्यमन्त्री छाड्न तयार देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्र समेत भएकाले त्यहाँ त्रीलोचन भट्टलाई राजीनामा गराएर काँग्रेस सांसदलाई मुख्यमन्त्री बनाउने पहल सुरु भएको छ ।

शाहीलाई मुख्यमन्त्रीबाट रोक्न खोजिएपछि काँग्रेसको राजनीतिमा तरंग आउने देखिएको छ । उनी कर्णालीमा बलियो पकड भएका नेता हुन् ।देउवानिकट शाहीले हुम्लामा चीनसँगको सीमा समस्याबारे कुरा उठाएका थिए । यसले उनलाई चर्चामा पुर्याएको थियो । शाही पूर्व पर्यटनमन्त्री पनि हुन् ।

महेन्द्रबहादुर शाही अर्को चुनावसम्म मुख्यमन्त्री रहने सम्भावना बढेर गएको छ । कर्णालीमा माओवादीले प्रभाव बलियो बनाएर आगामी चुनावमा सफलता हासिल गर्ने रणनीति समेत बनाएको छ ।

यसअघि शाहीले विश्वासको मत लिंदा काँग्रेस र माओवादीबीच आधा आधा कार्यकाल मुख्यमन्त्री रहने भद्र सहमति बनेको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 316
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    316
    Shares

प्रतिक्रिया दिनुहोस !