भोलिदेखि यी तिन मन्त्रीको पद चैट, को बन्दै छन नया मन्त्रि ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलि (सोमबार) सकिँदैछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ ।

प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जनाको पदावधि सकिन लागेको हो । यी तीनै जना प्रदेशसभा सदस्य होइनन् । उनीहरु तीनै जना नेकपा एकीकृत समाजवादी पार्टीका हुन् ।

मन्त्री थापा नेकपा एकीकृत समाजवादीको प्रदेश अध्यक्षको जिम्मेवारीमा पनि छन् । भोलि स्वतः पदमुक्त हुने उनीहरुको ठाउँमा कसलाई मन्त्री बनाउने भन्नेबारे औपचारिक धारणा बाहिर आइसकेको छैन ।

​सोबारे छलफल गर्न आइतबार कर्णालीमा नेकपा एकीकृत समाजवादी पार्टीको बैठक बसेको छ । सम्भवतः नेकपा एकीकृत समाजवादीकै तीन प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइने सो पार्टीका एक नेताले रातोपाटीलाई बताए ।

गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि थापा, शाही र बुढालाई सरकारमा सामेल गरिएको थियो । उनीहरुलाई एमालेले कारवाही गरिसकेका कारण प्रदेशसभा सदस्य पद गुमाएका हुन् ।

एमालेले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा उनीहरूले रिट निवेदन दिएका थिए । सर्वोच्च अदालतले उनीमाथिको कारबाहीलाई सदर गरिदिएपछि तीनै जना मन्त्रीको सांसद पद गुमेको हो । मुख्यमन्त्रीलाई विश्वासको मत दिने समयमा ‘फ्लोर क्रस’ गरेका अर्का नेता प्रकाश ज्वाला भने अहिले नेकपा एकीकृत समाजवादीको प्रदेश इञ्चार्ज तथा केन्द्रीय उप–महासचिवको जिम्मेवारीमा छन् ।

पार्टीको बैठकस्थलमा रहेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले भने, ‘हामी निश्चित समयावधिभित्रै सरकारबाट बाहिरिने छौं । अहिले छलफल भइरहेको छ ।’ उनले संविधानमै यसबारे प्रस्ट उल्लेख भएका कारण आफूहरुले राजीनामा दिनैपर्ने भन्ने नहुने बताए । उनले भने, ‘हामीले राजीनामा दिनैपर्छ भन्ने छैन, यसबारे संविधानले नै प्रस्ट भनिसकेको छ, भोलि हामी सहजताका साथ बाहिर निस्किने हो ।’

तीन जना मन्त्रीको बर्हिगमनसँगै उक्त ठाउँमा कसलाई ल्याउने हो भन्ने बारेमा छलफल भइरहेको छ ।  प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका ३ जनामात्र सांसद छन् ।

सम्भवतः उनीहरूलाई नै मन्त्री बनाउने चर्चा पनि छ । आइतबार यसबारे छलफल गर्न बसेको नेकपा एकीकृत समाजवादी पार्टीको बैठकमा तीन जना प्रदेशसभा सदस्यलाई नै सरकारमा पठाउनेबारे चर्चासमेत चलेको बताइन्छ ।

मन्त्री शाहीले भने, ‘तपाई यति कुरा बुझ्नुहोस् कि हामी तीन जनाको ठाउँमा हाम्रै पार्टीका तीन जनामात्रै विकल्प हो । पार्टीले बेलुकासम्म फाइनल निर्णय गर्ला नि !’ तर, बैठकस्थलमै रहेका नेकपा एकीकृत समाजवादी पार्टीका एकजना नेताले आफ्नै पार्टीका सांसद चन्द्रबहादुर शाहीको नेतृत्वमा देवी ओली र पदमबहादुर रोकायालाई सरकारमा पठाउनेबारे छलफल भएको बताए । ‘कसलाई कुन मन्त्रालय दिने भन्नेबारे बेलुकासम्म निर्णय आउला,’ उनले भने ।

कार्तिक १५ गते नै मुख्यमन्त्रीसमेत फेरबदल हुने कुराले पनि प्रदेशको राजनीति तरङ्गित छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेशसभामा काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको आधारमा कार्तिक १५ पछि मुख्यमन्त्री शाहीले सत्ता छाड्नुपर्ने काँग्रेसको तर्क छ ।

काँग्रेस नेता शाही कार्तिक १५ पछि आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने तर्क गरिरहेका छन् । यद्यपि यसबारे केन्द्रीय गठबन्धनले निर्णय गर्ने माओवादी केन्द्रका नेताहरुको भनाइ छ । केन्द्रीय गठबन्धनले भने कर्णाली प्रदेश सरकारको नेतृत्वका बारेमा ठोस निर्णय भने गरिसकेको छैन ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 114
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    114
    Shares

प्रतिक्रिया दिनुहोस !